• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापाका होटलव्यवसायीको ज्ञापनपत्र प्रधानमन्त्रीलाई

सञ्जीव चापागाई/झापा,मंसिर २४ ।

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि र त्यसले आम जनतामा पारेको चर्को मारको विरोध गर्दै होटल व्यवसायी संघ मेचीनगरले आज प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष ज्ञापन पत्र वुझाएको छ ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तुरुन्त फिर्ता गर्नुपर्ने र आयल निगम भित्र भएका भ्रस्टाचार वन्द गर्नुपर्ने दुइ वुदे माग सहितको ज्ञापनपत्र आज दिउँसो जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई वुझाइएको हो । क्षेत्रीय होटल व्यवासायी संघ मेचीनगरका अध्यक्ष अर्जुन सुब्बाको नेतृत्वमा गएको होटल व्यवासयीहरुको समुहले ज्ञापनपत्र वुझाउदै आफ्ना मागका वारेमा अवगत गराएका थिए ।
पर्यटन वर्ष २०११ सुरु हुन विस दिन मात्र वाकि रहेको र मुलुकले चर्को लोडसेडीङ्गको मार खेपिरहेको अवस्थामा पेट्रोलियम पदार्थमा वढाइएको मुल्य बृद्धिले पर्यटन वर्ष सफल वनाउने अभियानमा समेत असर गर्ने होटल व्यवसायीको ठहर छ ।

मुल्य वृद्धिले पर्यटन प्रवर्धन र राष्ट्रिय अभियानलाई समेत नराम्रो संग क्षती पु¥याउने भन्दै ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीलाई जिम्मेवारीपुर्वक ठोस कदम चाल्न आग्रह समेत गरीएको छ ।

पेट्रोलीयम पदार्थको मुल्य वृद्धि फिर्ताको माग सहित चरणवद्ध आन्दोलनमा उत्रिएको होटल व्यवासायी संघले अन्दोलनका कार्यक्रम अनुसार आज ज्ञापन पत्र वुझाएको हो । यस अघि हिजो आन्दोलनको पहिलो दिन झापाको काकरभिट्टामा वीरोध ¥याली गरीएको थियो भने भोली नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम रहेको छ ।

पर्सि २५ गते संकेतीक रुपमा एक घण्टा होटल व्यावसाय वन्द गर्ने र त्यति गर्दा पनि माग पुरा नभए थप कडा संघर्सका कार्यक्रम अघि ल्याइने संघले चेतावनी समेत दिएको छ ।

पेट्रोलीयम पदार्थको मुल्य बृद्धिले होटल व्यावसायीमा मात्र नभइ आम उपभोत्ताले चर्को मार खेप्नु परेकाले पत्रकार , गृहिणी , विद्यार्थी लगायत स्थानीय उपभोक्ता सवैलाई आवाज उठाउन संघले आह्वान गरेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply