मुल्य बृद्धिको विरोधमा आयल निगममा धर्ना
मेचीनगर अनलाइन
|
Friday, December 10, 2010
|
0 comments
सञ्जीव चापागाई/झापा,मंसिर २४ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि फिर्ता लिन माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएको होटल व्यवसायी संघ मेचीनगरले आज झापाको चारआली स्थित नेपाल आयल निगमको कार्यालयमा २ घण्टा धर्ना दिएको छ ।
पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि र त्यसले आम जनतामा पारेको चर्को मारको विरोध गर्दै संघले थालेको चरणवद्ध आन्दोलनको तेस्रो दिन आज पुर्व घोसित कायक्रम अनुसार विहान ११ बजे देखि दिउसो १ वजेसम्म आयल निगम कार्यालयमा धर्ना दिएको हो ।
धर्ना कर्यक्रम पछि चारआली स्थित निगम कार्यालयका प्रमुखलाई भेटी आफ्ना मागका विषयमा जानकारी गाराइएको होटल व्यवसायी संघ क्षेत्रीय समिति मेचीनगरका अध्यक्ष अर्जुन सुव्वाले जानकारी दिनुभयो । विद्यार्थी, गृहिणी, मजदुर लगायतका स्थानीय उपभोक्ता सहितको धर्ना कर्यक्रम पछि संघले नाराजुलुस सहित कोण सभा समेत सम्पन्न गरेको थियो ।
कोणसभामा वोल्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष मोहन काजी, मेची वोर्डर जर्नालीस्ट एसोसिएसनका अध्यक्ष मुक्ति पौडेल, विद्यार्थी प्रतिनिधी जय अधिकारी, व्यवसायी डम्वर नेपाली, खगेन्द्र वस्नेत, गृहिणी सिता गुरुङ तथा मजदुर प्रतिनिधी शंकर कटुवाल लगायतले पेट्रोलीयम पदार्थको मुल्य वृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गरेका थिए ।विरोधका कार्यक्रम अनुसार भोली संकेतीक रुपमा एक घण्टा होटल व्यावसाय वन्द गर्ने र त्यति गर्दा पनि माग पुरा नभए थप कडा संघर्सका कार्यक्रम अघि ल्याइने संघले चेतावनी समेत दिएको छ ।
यस अघि वुधवार पहिलो दिन संघले झापाको काकरभिट्टामा
विरोध ¥याली सहितको कोण सभा सम्पन्न गरेको थियो भने हिजो दोस्रो दिन पेट्रोलीयम पदार्थको मुल्यवृद्धि तुरुन्त फिर्ता गर्नुपर्ने र आयल निगम भित्र भएका भ्रस्टाचार वन्द गर्नुपर्ने दुइ वुदे माग सहितको ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई वुझाइएको थियो ।पर्यटन वर्ष २०११ सुरु हुन केहि दिन मात्र वाकि रहेको र मुलुकले चर्को लोडसेडीङ्गको मार खेपीरहेको अवस्थामा पेट्रोलीयम पदार्थमा वढाइएको मुल्य बृद्धिले पर्यटन वर्ष सफल वनाउने अभियानमा समेत असर गर्ने होटल व्यवसायीको ठहर छ ।
मुल्य बृद्धिका कारण आम उपभोत्ताले चर्को मार खेप्नु परेकाले पत्रकार , गृहिणी , विद्यार्थी लगायत स्थानीय उपभोक्ता सवैलाई आफ्नो आन्दोलनमा साथ दिन संघले आह्वान समेत गरेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed