• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सीएनएन उत्कृष्ठ दसमा अनुराधा

काठमाडौ, आश्विन ९ - अमेरिकी टेलिभिजन सीएनएनले प्रदान गर्ने सीएनएन हिरो पुरस्कारको उत्कृष्ट दसमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला परेकी छन् । उक्त टेलिभिजनले बिहीबार राति सार्वजनिक गरेको नतिजामा उनको नाम उत्कृष्ट दसमा परेको हो ।
अमेरिकाको जर्जियामा मुख्यालय रहेको सीएनएनले तीन वर्षअघि स्थापना गरेको यो पुरस्कार विश्वभर मानव अधिकार, सामाजिक वातावरण र राजनीतिक क्षेत्रमा काम गर्नेलाई दिइन्छ । यी क्षेत्रमा कार्यरत हजारौंबाट निणर्ायकले २५ जना विश्व नायक छान्छन् । ती २५ जना विश्व नायकबाट उत्कृष्ट दस जना छानिन्छन् ।

यीमध्येबाट आयोजकले आगामी नोभेम्बर २५ मा अनलाइन मतका आधारमा अन्तिममा एक जनालाई 'सीएनएन हिरो' छान्दैछ । महिला तथा बालबालिका बेचबिखन रोक्न उनले स्थापना गरेको संस्था माइती नेपालका तर्फबाट मनोनयनमा परेपछि संस्थाले खुसी व्यक्त गर्दै शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे औपचारिक जानकारी दिएको हो ।
कोइराला 'अधिकारविहीनलाई रक्षा गरेकामा' मनोनयनमा परेकी हुन् । संस्थाका निर्देशक विश्वराम खड्काले पत्रकार सम्मेलनमा 'कोइराला दस उत्कृष्टभित्र पर्नु माइती नेपालको मात्र नभई समग्र देशकै गौरवको विषय भएको' बताए । बिहीबार राति नतिजा प्रकाशन भएपछि संस्थाले अनुराधालाई शुक्रबार सम्मान पनि गरेको थियो ।
दस उत्कृष्टमा परेकामा खुसी व्यक्त गर्दै अध्यक्ष कोइरालाले इन्टरनेट प्रयोगकर्ता नेपालीलाई भोटका लागि अनुरोध गरिन् । 'नेपाली समुदाय र मिडियाको सहयोगले म उत्कृष्ट दसमा परें,' तिलगंगास्थित माइती नेपाल कार्यालयमा आयोजित सम्मेलनमा उनले भनिन्, 'अब उत्कृष्ट सीएनएन हिरो बनाउने पनि नेपाली समुदायकै हातमा छ, इन्टरनेट प्रयोगकर्ता नेपालीसँग भोटको अपेक्षा गर्दछु ।'
उनलाई अनलाइनमार्फत भोट गर्न 'सीएनएन डटकम सल्यास हिरोज' मा क्लिक गरे जोसुकै इन्टरनेट प्रयोगकर्ताले -बिनासर्त) भोट दिन सक्छन् । ओखलढुंगाको गुरुङ परिवारमा जन्मेकी अनुराधाले भारतको कोलकाताबाट स्नातक गरेकी छन् । १७ वर्षअघि स्थापना गरिएको माइती नेपाल चेलिबेटी बेचबिखनविरुद्ध कार्यरत छ । त्यसबाहेक विदेशमा यातना पाउने, असहाय र अन्यायमा परेका महिला, घरेलु हिंसाबाट पीडित महिला, एचआईभी संक्रमित बालबालिकाका लागि माइती नेपाल आश्रयस्थल बन्दै आएको छ । पशुपति क्षेत्रको सडकमा नाङ्लो पसल गर्ने महिलाको सेवाबाट सुरु गरिएको यो संस्था हाल नेपालका २८ जिल्लामा महिला तथा बालबालिकाको अधिकारका लागि कार्यरत छ ।
 Source :- eKantipur

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply