रक्सी सेवन गरी आफ्नो ड्युटीमा
मेचीनगर अनलाइन
|
Thursday, September 30, 2010
|
0 comments
इनरुवा, आश्विन १४ - नेपाल बिधुत प्राधिकरण इनरुवा शाखाका हेल्फर प्रमोद अधिकारीलाई रक्सी सेवन गरि कार्यालय आउने गरेको रहस्य खुलेको छ । पुर्नगठित नेकपा माओवादीका कार्यकर्ताहरुले बिहीवार हेल्फर अधिकारीलाइ कार्यालयमा रक्सी खाएर आएकै अबस्थामा पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
हेल्फर अधिकारी दैनिकजसो रक्सी खाएर कार्यालय आउने गरेको र सेवाग्राहीहरुसित अनाबश्यक वादबिबाद गर्ने गरेको सुचनाका आधारमा आफुहरु बिहीवार कार्यालय जाँदा उनी रक्सी खाएर कार्यालय आएको फेला परेको पुर्नगठित माओवादीका पप्पु मण्डलले बताए ।
रक्सी खाएको अबस्थामा उनलाई पक्राउ गरेपछि उनले आफु रक्सी खाएको स्वीकार गर्दे अब त्यस्तो नगर्ने बताएपछि कार्यालय प्रमुखको जिम्मा लगाएको मण्डलले जनाए । बिधुत प्राधिकरण इनरुवा शाखाका प्रमुख इम्तियाज आलमले हेल्फर अधिकारी रक्सी खाएर कार्यालय आएको अबस्थामा माओवादी कार्यकर्ताहरुले पक्राउ गरेको स्वीकारे । उनले एक पटकका लागि उनलाइ माफी दिने बताए ।
समाचार स्रोत : कान्तिपुर
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed