ब्लफ कलले प्रहरी हैरान
मेचीनगर अनलाइन
|
Wednesday, November 17, 2010
|
0 comments
लक्ष्मी उप्रेती (मेचीनगर झापा) / झापाको बाहुनडाँगीमा हतियारसहित आएका लुटाराको गाउँलेको प्रतिकारमा दुई जनाको मृत्यु भयो ल झट्टै प्रहरी आउनुहोस् । काँकरभिट्टाको बाहुनडाँगीरोडमा दुई समूहबीच झगडा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भयो, यो स्थान तनावग्रस्त छ प्रहरी तुरुन्त पठाइदिनु पर्यो ।
केही मानिसले नेपाली र भारतीय नम्बरका मोबाइलाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कन्ट्रोल रुपमा यस्तैखाले व्यहोराको दुई दिनअघि खबर गरेका थिए । कन्ट्रोलमा खबर आएपछि प्रहरीमा खैलाबल्ला मच्चियो र खबर प्राप्त हुनसाथ प्रहरी परिचालित भए तर, प्रहरी त्यहाँ पुगेर घटनाको बारेमा जानकारी लिन खोज्दा स्थानियबासी छक्क परे । ती स्थानमा केही पनि नभएको प्रहरी पत्ता लगायो । र प्रहरी त्यसै फर्कियो । अन्ततः दुबै खबर झुट्टा साबित भए । घटना झुट्टो भएको पत्ता लगाएपछि खबर गर्नेको प्रहरी खोजीगर्न थाल्यो त्यहीँ नम्बरमा फोन गरेर तर, फोन स्वीच अफ, सम्पर्क हुन सकेन भन्ने कुराले प्रहरी पनि हैरान भयो र
सम्पर्क नै गर्न छाड्यो् । मोबाईल नम्बर भने अनुसन्धानमा बाधा पुग्न सक्छ भन्दै दिन नमिल्ने प्रहरीको भनाई छ । जिल्लाभर आफैले आपूm अपहरण भएको झुटो खबर दिएरहेका कारण प्रहरीले सास्ती व्यहोरिरहेका घटना सेलाउन नपाउँदै मेचीनगरमा यस्ता घटना बढीरहेका छन् । केही दिन यतादेखि यसरी ‘ब्लफ कल’ गरेर प्रहरीलाई झुक्काउने घटना काँकडभिट्टामा बढ्दै गइरहेको प्रहरीले जनाएको छ । जसका कारण यहाँका प्रहरीले मानसिक शारीरिक तनाव व्यहोर्नु परेको छ ।
सम्पर्क नै गर्न छाड्यो् । मोबाईल नम्बर भने अनुसन्धानमा बाधा पुग्न सक्छ भन्दै दिन नमिल्ने प्रहरीको भनाई छ । जिल्लाभर आफैले आपूm अपहरण भएको झुटो खबर दिएरहेका कारण प्रहरीले सास्ती व्यहोरिरहेका घटना सेलाउन नपाउँदै मेचीनगरमा यस्ता घटना बढीरहेका छन् । केही दिन यतादेखि यसरी ‘ब्लफ कल’ गरेर प्रहरीलाई झुक्काउने घटना काँकडभिट्टामा बढ्दै गइरहेको प्रहरीले जनाएको छ । जसका कारण यहाँका प्रहरीले मानसिक शारीरिक तनाव व्यहोर्नु परेको छ ।
प्रहरीले पुनः तिनै नम्बरमा व्याक कल गर्दा स्वीच अफ भन्ने, सिम बदल्ने गरेका कारण त्यस्ता मानसिको पहिचान गर्न समस्या भएको कार्यालयका प्रमुख निरीक्षक देवीप्रसाद फागो बताउँछन् । ‘केही दिनयता प्रहरीलाई अनावश्यक र झुट्टा खबर गरेर दुःख दिने घटना बढिरहेका छन्’, प्रहरी निरीक्षक फागो भन्छन् ‘यसले गर्दा कार्यालयको सवारीसाधनको इन्धन खर्च हुने, प्रहरीले अनावश्यक सास्ती व्यहोर्नु परिरहेको छ ।’ ‘घटना भयो भन्दै फोन आउँछ’ उनले थपे, ‘तत्कालै प्रहरी पुग्दा केही भएको हुँदैन प्रहरी चुप लागेर फर्किनु पर्छ ।’
यस्ता मानिसको प्रहरीले खोजी गरिरहेको र पहिचान गरेर आवश्यक कारबाही गरिने प्रहरलिे बताए पनि आपराधिक मानसिकता बोकेका व्यक्ति फेला पर्न सकेको छैन । टेलिकमसँग समन्वय गरेर चाँडै मानिस पत्ता लगाउने प्रहरीले तयार गरिरहेको छ । समाजमा यस्तै विकृति बढदै गए प्रहरीलाई झुक्काउने,, अनावश्यक खबर दिने समूहको सङ्ख्या बढे एक दिन साँच्चैको अपराधी सजिलो उम्कन सक्ने एक प्रहरुी अधिकृत बताउँछन् । उनले भने, ‘अब कसैले कुनै स्थानमा आपराधिक घटना भएको भन्दै खबर गरेर प्रहरी प्रहरीसँग सुुरक्षा मागे सूचना गलत हो या सत्य ठम्याउँदै अपराधीले उम्कने मौका पाउँछ ।
उपेती झापाको बिर्तामोडबाट प्रकाशित हुने प्रतिदिन दैनिकसँग संलग्न छन् ।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed