मेची आँखा अस्पतलबाट १० लाख सेवाग्राही सेवा लिए ।
मेचीनगर अनलाइन
|
Monday, November 15, 2010
|
0 comments
विर्तामोड, कात्तिक / मेची आँखा अस्पतालले विगत डेढ दशकमा १० लाखभन्दा बढीलाई उपचार सेवा प्रदान गरेको छ ।
सोमबार सेवाको १४ बर्षे अवधि पूरा गरिरहेको अस्पताल सन् १९९६ मा मेची आँखा उपचार केन्द्रको रुपमा चारपाने–१ मा स्थापना भएको थियो । हाल अनारमनी–७ स्थित आफ्नै भवनमा अस्पतालले आधुनिक उपचार सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियारका अनुसार स्थापनाको पहिलो बर्ष ८ सय १३ जनाको आँखा जाँच र ३६ जनाको शल्यक्रिया गरेको अस्पतालले सन् २००९ मा १ लाख २२ हजार ८ सय १३ जनाको जाँच र १७ हजार ५ सय ६४ जनाको शल्यक्रिया गरेको छ ।
सन् २००९ सम्ममा अस्पतालले ८ लाख ७९ हजार ८ सय ६२ जनाको आँखा जाँच र ८३ हजार ५ सय ६ जनाको शल्यक्रिया गरेको रौनियारले जानकारी दिए ।
अस्पतालमा भारतको पश्चिम बंगाल, सिक्किम, आसाम र विहारबाट ठूलो संख्यामा भारतीय नागरिकहरु उपचार सेवा लिन धाउँछन् । अस्पतालको तथ्यांक अनुसार कूल सेवाग्राहीमा सन् २००५ मा २८ प्रतिशत, सन् २००६ मा २५ प्रतिशत र सन् २००७ मा ३३ प्रतिशत भारतीय नागरिक छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed