• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सेमिफाइनलमा आयोजक विजयी

चारआली ६ मंसिर/ प्रथम सुखानी पूर्वाञ्चल तथा अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको आइतबार भएको सेमीफइनल खेलमा आयोजक टिम विजयी भएको छ ।
   आयोजक र यू सी एफ सी  खर्साङबिच भएको सेमी फाइनल खेलमा २ गोलको अन्तरले खर्साङलाई पराजित गरी  आयोजक टिम  फाइनलमा प्रवेश गरेको छ  ।   खर्साङको तर्फबाट खेल सुरु भएको २ मिनेटम जर्सी नम्बर ९ का छिरीङ घोलेले १ गोल गरेपनि सुरुवातको गोलनै खर्साङको लागि अन्तिम गोल सावित भयो ।
 सुरु खेलको १५ मिनेटमा आयोजकका जर्सी १८ का जिवन राईले १ गोल गरेपनि आयोजक टिमलाई अग्रसरता दिएका थिए ।  त्यस्तै खेलको २३ र मध्यान्तरपछि ३३  मिनेटमा आयोजक टिमका जर्सी नम्बर ७ का विषाल राईले २ गोल गरी प्रतिष्पर्धी टिम खसाङसगँ १—३ गोलको अन्तर बनाएको थिए ।

 सुरुमा ज्यादै जोसीला देखिने  खर्साङका खेलाडिका लागि आयोजक तर्फबाट लगातार  दुई गोल गरेपछि खेलको सन्तुलन नै गुमाएका थिए ।
 खेलको मेन अफ द मेच आयोजकका विषाल राईलाई आयोजकले १ हजार नगदद्धारा सम्मान गरेको थियो ।
  स्थानयि क्षेत्रका पर्यटन वर्ष २०११ लाई लक्षित तथा  स्थानीय खेलाडीको स्वास्थ्य उपचारर्थ सहयोग गर्ने उद्देश्यले  गत मंसिर १ गतेदेखि सुरु भएको प्रथम सुखानी च्यालेञ्ज कप फुटवल प्रतियोगिताको आज सोमबारको खेल किराँत सपोर्टिङ क्बल धरान र केएफ सी चनद्रगढीका बिच सेमीफइनल खेल हुने आयोजक समितिका भिम कार्कीले जनाएका छन् ।


Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply