• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अब भने मुल्य पाउने भो अर्गानिक चियाले

इलाम मङ्गलबारे २६ मङ्सिर, इलामका चिया किसानहरुले पाएको चियाको मूल्यभन्दा इलाम कोल्बुङका चिया किसानहरुले तीन दोब्बर बढी मूल्य पाउन सफल भएका छन् ।
कोल्बुङको इको चिया उत्पादक सहकारी संस्थामा आबद्ध किसानले हरियो चिया पत्ती प्रतिकिलो रु ५० का दरले बिक्री गरिरहेका छन् । जिल्लाका अन्य क्षेत्रमा चियाको मूल्य रु २० देखि ३० सम्म छ ।
कोल्बुङ्गका किसानलाई रु ५० प्रतिकिलो चियाको मूल्य हात परेपछि उनीहरु खुसी भएका छन् । चियामा रसायनिक मल कीटनाशक विषादी तथा औषधि प्रयोग गर्न छाडेपछि त्यहाँका किसानले चियाको बढी मूल्य पाएका हुन् ।
उत्पादित चिया इको चिया उत्पादक सहकारी संस्थामार्फत फिक्कल-६ स्थित गोर्खा टि प्रोडँुसस्र प्रालिमा रु ५५ प्रति किलोमा बिक्री गर्ने गरिएको छ ।

सो सहकारीमा १०६ जना किसान आबद्ध छन् । सहकारीमा आबद्ध किसानले पाँच वर्षदेखि रसायनिक मल औषधि र कीटनाशक विषादी प्रयोग गर्न रोकेका छन् ।
सहकारीमार्फत किसानले एक हजार २६२ रोपनी जग्गामा चिया रोपिएको संस्थाका अध्यक्ष रणबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ुरासायनिक मल औषधि विषादी हाल्न त परै जाओस् किसानको घरमा रसायनिक मलको बोरा मात्र भेटियो भने सहकारीले कारबाही गर्छ उसको चिया सहकारीले किन्दैन ।ु
सहकारीले तीन वर्षसम्म निरन्तर रासायनिक मल विषादी र औषधि प्रयोग नगरेको चिया दिएमा तीन वर्षको अन्त्यमा अग्र्यानिक प्रमाणितसमेत गरिदिने भएको छ ।
कारखानाले नै निःशुल्क रुपमा इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसनबाट अर्गानिक प्रमाणीकरण गराई सहकारीको परिचय खुल्ने गरी प्रमाणपत्र निःशुल्क रुपमा सबै किसानलाई दिने सम्झौता भएको अध्यक्ष गुरुङले बताउनुभयो ।
इको चिया उत्पादक सहकारी संस्थाका किसानले घरमै बनाएको जैविक मल र औषधि प्रयोग गर्दैआएका छन् ।
अर्गनाइजेसन प्रतिनिधि गोर्खा टी प्रोड््युसस्र प्रालिका प्रतिनिधि र चिया निरीक्षकले चियाबारीको नियमित निरीक्षण समेत गर्ने गरेको किसान बताउँछन् ।
फिक्कलको गोर्खा टी-स्टेटले किसानलाई औषधि उत्पादन र प्रयोग सम्बन्धी तालिमसमेत दिएकॊ छ ।
यसको साथै मल तथा औषधि उत्पादनका लागि कारखानाले निःशुल्क रुपमा प्रत्येक किसानलाई १०० लिटरको ड्रम र औषधि छर्नका लागि स्प्रे टुङ्कीसमेत उपलब्ध गराएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply