सूचना प्रविधिको चरम् विकास तथा प्रयोगले आज संसारलाई एउटा विशाल गाउँकोरुपमा स्थापित गराउन सफल भएको छ । क्षणभरमै संसारको एककुनाको खबर अर्कोकुनामा अक्षर, श्रव्य तथा दृष्यको (अडियो वा भिडियो) माध्यमबाट पुग्न थालिसकेको छ । विगतका दशकमा झैं महिनौं लगाएर देशविदेशबाट चिठीपत्र, डाक–तार संदेशको अपेक्षा गर्ने गरिएको तथ्य विर्षिदिँदा हुने भएकोछ । कम्प्युटर प्रविधिको उच्चतम् विकास तथा प्रयोगले हरेक क्षण “लाइव” सूचना पाइने सु–अवसर मिलेको छ । इन्टरनेटको सञ्जालमा कहिँ कतै कसैले कुनै सूचना राखेको छ भने संसारको कुनैपनि कुनाबाट सजिलै पढ्न–हेर्न सकिन्छ ।
नेपालको सन्दर्भमा विगतमा भएको द्वन्द र सूचना प्रविधिको प्रयोगमा विकसितरुपको अद्यावधिक प्रयोगमा सहजता नहुँदाको वावजुद जुन गतिमा उल्लेख्य फड्को मारेको छ त्यो प्रशंसनीय छ तर प¥ र्याप्त छैन । हालको विश्वका प्राय मुलुकमा रहेका प्रयोगकर्ताको दाँजोमा नेपाली प्रयोगकर्ता तुलनात्मकरुपमा कम भएको देखिन्छ । विगतको दशक सूचना प्रविधिको विकास र प्रयोगको दशक थियो तर दुर्भाग्यवश हाम्रो मुलुक उक्त स्वर्णिम समयमा द्वन्दको चपेटामा फँसेको थियो र सोही मुख्यकारण र सूचनाप्रविधिमा पूर्णरुपमा भरपर्नसक्ने भौतिक र मानसिक पूर्वाधार तयार नभएकोले यो प्रविधि विश्वका अन्य मुलुकको तुलनामा हाम्रो मुलुकमा विकसित हुन पाएन ।
द्वन्द समाप्तीसँगै हालैका वर्षहरुमा भने आशालाग्दो तवरबाट नेपालमा सूचनाप्रविधिको विकास, प्रयोगकर्ता र पहुँच बढेको पाइन्छ । अहिलेको युवापुस्ता त चौविस घण्टामध्येको कम्तिमा दुइघण्टा समय त रुटिङकोरुपमा कम्प्युटर तथा सूचनाप्रविधिको लागि दिइरहेको पाइन्छ । स्कूल, कलेजमा आफ्नो पाठ्यपुस्तकमा रहेका समस्याको समाधान, अभ्यास होस् वा साथीभाइसँगको हाइहेल्लोको लागि होस्– यसमा समय खर्र्चिएकै हुन्छन् । अहिले विकसित सामाजिक सञ्जालका विभिन्न वेवसाइट जस्तै फेसबुक ट्विटर, अर्कुट, हाइफाइभमा देखिएको संलग्नताले यो कुरा पुष्टि गर्दछ ।
अफिस, घर, स्कूल–कलेज सबैतिर सेवा सरल शुल्कमा सजिलै उपलब्ध हुन थालेको छ । विषेशरुपमा वैदेशिक रोजगारमा जाने, विदेशमा अध्ययन र वसोवासगर्ने नेपालीहरुलाई आफ्नो गाउँघरको सूचना, समाचार र जानकारीको लागी योभन्दा अर्को सहजमाध्यम छैन । आफूबसेको गाउँठाउँको विषयमा जो कोही पनि निश्चय नै अद्यावधिक जानकारी राख्न चाहन्छ । हजारौं किलोमिटर टाढा विदेशमा इन्टरनेटबाट पाइने सूचना र जानकारी नै छिटो, सरल र सहज हुन्छ । यदि हामीले मेचीनगरको विषमा अद्यावधिक जानकारी दिने कुनै वेवसाइट या ब्लग इन्टरनेटमा खोज्दा नभेटिन सक्छ । यतिसम्म कि मेचीनगरनगरपलिकाको आधिकारीक सरकारी वेवसाइट समेत नाममात्र लिइ अद्यावधिक नभएको अवस्थामा छ । स्थानीय पत्रपत्रिकाहरु हार्डकपी भर्सनमा मात्र रहेकोले विदेशमा पढ्न सकिन्न यसै सन्दर्भमा देश–विदेशमा रहनुभएका मेचीनगर झापाका हजारौँ–हजार मित्रहरुलाई मेचीनगरको अद्यावधिक जानकारी दिने उद्देश्यले यो ब्लगको शुरुवात गरिएको छ । यो ब्लगलाई सामाजिकरुपमा विकसित गर्दै जाने र कुनै व्यक्ति,जाति, लिंग, भाषाभाषी र समुदाय, पार्टिपङ्ती विषेशको मात्र नभएर सबैका सबैखाले विचारहरुलाई समावेश गरिने जानकारी गराउँदछौँ । यो ब्लगमा आफ्ना समाचार, घटना–दुर्घट्ना, विचार, कथा, अनुभव, लघुकथा, कविता, सन्देश, गजल, जानकारी, धार्मिक तथा सामाजिक रहनसहका सबै लेखहरुलाई सम्मानका साथ समावेश गरिने छ । यदि तपाईँ आफूसँग यस्ताकुनै विषयहरु लिपिवद्ध छन भने हामीलाई दिइएको इमेल ठेगानामा इमेल गर्नुभएमा प्राथमिकताको आधारमा प्रकाशित गरिने छ । यो एउटा सानो प्रयास हो कसैले कसैसँग कुनै किसिमको आग्रह, पूर्वाग्रह नराखी हामी सबैको साथ, सहयोग, सद्भाव रहेमा यो ब्लगमार्फत मेचीनगरका विषेशताहरुलाई विश्वस्तरमा चिनाउने माध्यमकोरुपमा स्थापित गर्न कुनै कठिनाइ उत्पन्न नहुने कुरामा दुइमत छैन ।
|
0 comments
Trackback URL | Comments RSS Feed