मेचीनगरको धार्मिक स्थल पातालगंगा
मेचीनगर अनलाइन
|
Monday, June 7, 2010
|
0 comments
@ | पवन पौडेल, बिर्तामोड, झापा | |
ऐतिहासिक धार्मिक र पर्यटकीय स्थल घैलाडुव्वा मन्दिर तथा पातलगंगा उचित रेखदेख र संरक्षको अभावमा दिनानुदिनु जिर्ण बन्दैछ । नेपाल भारतको साध्नमा बग्ने प्रसिद्ध मेचीनदीदेखि पश्चिम काँकरभिट्टा नगरदेखि पश्चिमतटमा पातालबाट मूल फुटी भुल्को उठी उत्तरमुखि बनेको बगेको अँजुली भरीको निर्मल जलधारा छ । यसैको नाम उत्तरकाशी हो । जमीनबाट बेगले भुल्को उठेको निर्मल जल नै पाताल गंगा नामले प्रसिद्ध छ । मेचीनगरनगरपालिका वडा नं। १२ ईटाभट्टादेखि उत्तर नादेश्वर मन्दिरदेखि दक्षिणमा टोक्ल चिया बगानस्थित छिन्नमस्तकीदेखि दक्षिणमा पर्ने पाताल गंगा भीष्म पितामह सरसैयामा पर्नुभएको अवस्थामा अर्जुन गाण्डीव धनुषबाण जमीनमा प्रहार गरी पातालबाट ल्याउनु भएको जलको ठूलो महत्व छ । धार्मिक र पर्यटकिय स्थलको रुपमा चिनिदै गएको यस क्षेत्रमा हिउदे याममा थुप्रै वनभोज टोलिले आनन्द लिन थालेका छन् । बैशाख १ गते त यहाँ मेला नै लाग्न थालेको छ मन्दिर संरक्षण समिति कि सदस्य शान्तिकुमारी वताउँछिन् । लगभग आठ विगाहा क्षेत्रफलमा फैलिएको पातालगंगा र घैलाडुव्वा मन्दिर क्षेत्रमा विस वर्ष भन्दाअघिदेखि मर्मत सम्भार तथा सरसफाई हुन सकेको छैन । धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षणका लागि नगरपालिकाबाट कुनै सहयोग पाएका छैनौं उनी दोहोर्याउँछिन् । विशेष गरी धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा जुटेको नेपाल पर्यटन बोर्डलाई बेलबेला ध्यानाकर्षण गराउँदै आएको स्थनीयबासी युवराज भुर्तेलको भनाई छ । परापूर्वकालमा पातालबाट पानीको मुल फुटी भुल्को उठेर उत्तरतर्फ बग्न थालेपछि पातालगंगाका नामले परिचित हुन थालेको बृद्धवृद्धाको धारणा पाईन्छ । एक दिन ुगंगा गिरी साधु आएर त्यहाँ नजीकमा बास बसेछन् । उनले जमीनबाट माथि उठेको जलको मुस्लोलाई स्वप्नामा दर्शन गरेछन् । बिउँझेर त्यही ठाउँमा हेर्दा प्रत्यक्ष त्यो दृष्य देखे । अनि जनतामा यो उत्तरकाशी हो । यहाँ देखि उत्तरमा पातालगंगा छ हेर ! भनेर जनतालाई देखाई विश्वास पारे । त्यहीं देखि जनआस्था बढ्यो । पातलगंगाको मुल फुटेको स्थानमा घैला डुवाउँदा डुवेर भरी पानी आउने भएका घैलाडुव्वा भन्न थालिएको पनि बताईन्छ । यहाँको पानीले नुहाएमा पक्षघात रोग निको। हुने विश्वास पनि गरिन्छ । ऐतिहासिक पृष्ठभूमि बोकेको यस्तो धार्मिक तथा पर्यटकीइ स्थलको महत्व कम रहन्न । पूर्वी नेपालका अधिकांश स्थानबाट तथा छिमेकी मुलुक भारतका पनि कतिपय प्रान्तबाट मानिहरु यहाँ आएर स्नान गर्ने पूजाआजा गर्ने तथा वनभोज खाने गरेका छन् । पर्यटक प्रवद्र्धनमा यो स्थानले उल्लेखनिय भूमिका खेल्नेमा स्थानीयवासी आशावादी छन् । केही वर्ष अघिदेखि मन्दिर क्षेत्र वरपरको जग्गा अनाधिकृत तवरबाट अतिक्रमण बढिरहेको छ । एउटा धार्मिक तथा पर्यटकीय स्थलको वरिपरि भएको जग्गा अतिक्रमण रोक्नेतर्फ कसैको ध्यान नगएको मन्दिर संरक्षण समितिकी शान्तिकुमारी गुनासो गर्छिन । | ||
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed