• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

रोजगारीको नाममा ठगि खाने अखडा बन्दैछन “मेनपावर”

बैदेशिक रोजगारको नाममा गैर कानुनी र ठगि जस्ता अपराधहरु मौलाउँदै गएको पाइन्छ । विशेष गरेर यस्तो कार्य शाखा मेनपावरहरुमा बढी हुने गरेको समाचार स्रोतको दावी छ ।

रोजगारीको खोजीमा आफ्नै पैसाले आफैं बेचिएर विदेश पुगेका नेपाली त्यहाँ पनि विभिन्न बहानामा शोषित हुने गरेका छन् । गाउँका एजेण्टहरु हुँदै शाखा मेनपावर, मुख्य मेनपावर विदेशस्थित मेनपावर एजेण्ट मार्फत कम्पनी मालिकसम्म पुग्दा कामदारहरु ढाडसेकिने गरी आर्थिक एवम् मानसिकरुपमा शोषित हुने नेपाली युवाहरु कम्पनीबाट पनि झनै चर्काे शारीरिक शोषणमा पर्ने गरेका छन् ।

वैदेशिक रोजगारका लागि खाडी मुलुक र मलेशिया मानिदै आएको छ । खाडी मुलुक र मेलेशियामा मात्रै ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको श्रम विभागले जनाएको छ । लाखौ खर्चेर रोजगारीका लागि मलेशिया, दुवई, कतार, साउदी लगायतका मुलुकहरुमा अधिकांश नेपालीको अवस्था निकै नाजुक रहेको त्यहाँ स्थिति नेपाली सञ्चार माध्यम एवम् संघ–संस्थाले जनाएका छन् । मलेशियामा प्रकाशित हुने श्रम साप्ताहिकका का.सम्पादक कोपिला गौतमका अनुसार मलेशिया नेपाली श्रमिकहरु पारिश्रमिकभन्दा बढी शोषित हुने गरेका छन् । जिज्ञासाको प्रतिउत्तर दिँदै गौतम इमेलमा लेख्नु हुन्छ –‘यहाँ नेपालीहरु दास युगमा झैं बेचीएका छन् ।’

त्यस्तै नेपाल–दुवई डक कमका सम्पादक खेमनाथ भण्डारीले जनाए अनुसार दुवईमा केही कामदारको रोजगारी राम्रै भएपनि अधिकांशको हालत दयनीय नै छ । साउदी अवरस्थित एन आर एनका प्रतिनिधि रुद्र कार्की लेख्छन् –‘धेरैजसो अहिले शाखा मेनपावरहरुबाट श्रमिकहरु पीडित हुने गरेका छन् ।’ कार्कीको भनाई प्रमाणित गरिदिएको छ, विर्तामोडस्थित सुपूर्व मेन पावरले । रोजगारीका लागि केहि अघि मलेशिया पुगेका २१ जना नेपालीलाई त्यहाँको प्रहरीले नक्कली भिषा भएको भन्दै क्वालालाम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।

झापा सतासीधाम–७ का विष्णुप्रसाद रिजाल, केरखाका होम आचार्य, छत्रबहादुर लगायतका युवाहरु पक्राउ परेका हुन् । उनीहरुले जनही १ लाख बढी रकम बुझाएका थिए ।

काठमाडौंमा एक महिना राखेपछि वैशाखको पहिलो साता उनीहरुलाई मलेशिया पठाइएको थियो । सुपुर्व मेनपावर हुँदै काठमाडौंस्थित राप्ती मेनपावरमार्फत उनीहरु मलेशिया पुगेका थिए । सुपुर्वका सञ्चालक शेषलाल चौधरी झापाको शिवगञ्जस्थित ब्याङडाँडाका स्थायी बासिन्दा हुन् । उनले यो भन्दा अगाडि पनि थुप्रै युवाहरुबाट ठूलो मुलुक पठाइदिने भनी लाखौं रुपैयाँ ठगेका थिए । चौधरी हाल फरार छन् ।

अर्काेतर्फ सरकारले २ सय १४ वटा मेनपावर कम्पनी खारेजी गरेको छ । निर्धारित समयमा नविकरण नगर्ने, धरौती रकम नबुझाउने लगायत ठगि एवम् अनियमितता गर्नेहरु कम्पनीहरु खारेजीमा परेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार पटक–पटक गरी अहिलेसम्म २ सय १४ वटा मेनपावरहरुलाई खारेजी गरिएको छ । अहिले कूल ६ सय ३२ वटा मेन पावर सञ्चालनमा छन् ।

त्यस्तै अधिकांश शाखा मेनपावरहरुमा प्राय दिनहुँ विदेश जानेभन्दा पनि पीडित र पीडित पक्षका आफन्तहरु उद्धारका लागि मेनपावर धाउने गरेको पाइन्छ । कतिपय अवस्थामा अनियमितता वा ठगि गरेको प्रमाणित भइसक्दा पनि विभागले कम्पनी खारेज गर्न सक्दैन । ती कम्पनीका तर्फबाट काम गर्न विदेश गएका कामदार विचलिमा परेमा त्यसको जिम्मेवारी लिने संस्था कोही हुँदैन । त्यस्तो अवस्थामा यस्तो मेनपावरहरु मौकामा चौका हान्ने गर्छन् । यसरी खारेज हुने मेनपावर कम्पनीका शाखा झापा रहे नरहेको जानकारी प्राप्त हुन सकेको छैन ।

नेपाली कामदारलाई खाडी र मलेशिया लगायतका मुलुकमा तुलनात्मक रुपमा न्युन पारिश्रमिक दिइन्छ । अर्काे विकल्प नभएको उनीहरु त्यतिकैमा चित्त बुझाउन बाध्य हुन्छन् । वैदेशिक रोजगारीका लागि विदेशिने कामदारहरु अशिक्षाकै कारण धेरैजसो मेनपावर कम्पनीबाटै ठगिने गरेका छन् ।

मेनपावर कम्पनीसँग गरिएको शर्त अनुसार पारीश्रमिक नपाउने र बढीमात्रामा ठगिने समस्या पछिल्लो दिनमा बढी नै देखिएको छ । अर्काेतर्फ हेर्ने हो भने गैर कानूनीरुपमा भारतीय नाका हूँदै विदेशिनेको भीड पनि निकै देखिन्छ । मेनपावरबाट विदेश जाँदा लागत बढी लाग्ने हुँदा भारतीय बाटो प्रयोग गरिएको पाइन्छ । शाखा मेनपावरहरु डेकोरेसन खर्च बढी गर्ने, अनावश्यक खर्च बढी गर्ने र काठमाडौं जाने आउने खर्च, बस्ने–खाने खर्च जस्ता कुराको प्रलोभन देखाउने र लागतभन्दा दोब्बर तेब्बर रकम असुल्ने गरेको पाइन्छ ।

स्मरण रहोस्, वैदेशिक रोजगारको प्रावधान अनुसार एउटै घरमा एकभन्दा बढी मेनपावर राख्न पाउने प्रावधान छैन । तर यो प्रावधान झापामा भने लागू हुन सकेको छैन ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply