• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

१० बर्षे बालक १० रुपैयाका लागि दिनभर दमाहा बजाउँछन्

शायद हामीलाई अचम्म पनि लाग्न सक्छ ‘१० रुपैयाँका लागि दिनभर आफ्नो पढाई छोडेर दमाहा बजाउँछन् १० बर्षे बालक भन्दा’ । तर अचम्म मान्नु पर्दैन किनक हाम्रो मुलुकमा धेरै बालबालिकाको हकअधिकार लागि लड्ने संघसंस्था छन् र करोडौं रुपौयाँ समेत विदेशबाट बालश्रम शोषण, हिंसा अन्त्यका लागि नेपाल भित्रिने गरेको छ । अब प्रश्न उठ्छ यदी त्यसो हुँदो हो त ती १० बर्षे बालक किन आफ्नो पढाई छोडेर दुर्लभ बन्दै गएको पञ्चेबाजामध्ये एक दमाहा बाकेर हिडिरहेका छन् त ? जसको जवाफ सरल छ बालबालिकाको अधिकारका निम्ति आएको विदेशी सहयोग बालबालिकाभन्दा ती संघ–संस्थाका तल्लोतहमा कार्यरत कर्मचारीदेखि लिएर ठूला–ठूला हाकीम हुँदै नेता मन्त्रीले समेत पड्काउने गरेका तितोसत्य हाम्रो सामु छर्लङ्ग छ । कुन शिर्षकमा कति र कहाँ खान्छन् त्यो त खाने र पचाउनेलाई नै थाहा होला ।
हुनतः नेपालमा भइरहेको बालबालिका हिंसा एवम् शोषणका लागि विदेशी अनुदान पनि बर्षेनी करोडौं भित्रिने गरेको छ, तै पनि नेपालमा बालबालिका हिंसा तथा श्रम शोषण रोकिन सकेको छैन । बस, ट्याम्पु, माइक्रो, घरेलु कामदारकोरुपमा या साना देखि ठूला होटलमा कामदारकोरुपमा प्रशस्तै भेटिन्छन् । एक दुईछाक खान र झुत्रो–झाम्रो लाउनका लागि । त्यती मात्र होइन सडकको किनारमा ठूला–ठूला बोरा बोकेर फालिएका प्लाष्टिकहरु टिप्दै हिड्ने पनि नभेटिने होइनन् । सायद यस्ता बालकहरु नदेख्ने मान्छे हाम्रो मुलुकमा कमै होलान् । तै पनि भित्री मनदेखि यिनीहरुको लागि कुनै ठोस कार्यक्रम लिएर यिनीहरुको मुक्तिको लागि लडिदिने संघ–संस्था भने छैनन् भन्दा पनि फरक नपर्ला । बालबालिकाको लागि काम गर्ने संघ–संस्था र विदेशबाट प्राप्त सहयोगले यहाँ प्रताडित बालकको लागि नभएर धेरै जसो अरुहरुकै चुलो सल्काउने र भान्सा उज्यालो बनाउने मात्र काम गर्ने गरेको पाइन्छ ।

१० बर्षको बालकले दमाह बजाउनु त परै जाओस् बोक्न पनि हम्मेहम्मे पर्छ तर आजभन्दा दुईबर्ष अगाडिदेखि एक बालक भने आफैले बोकेर मजाले बजाउँछन् । बाहुनडाँगी–३ तिरिङ खोला घर भई बाहुनडाँगी मेची जनसाधारण उच्च माध्यमिक विद्यालयमा कक्षा–२ मा अध्ययनरत बिसाल दर्जी (डाली) आफ्को पढाई छोडेर दमाह (वामतोल) बजाउन हिँड्छन् । झण्डै आफूसमानको दमाह बोकेर विहे, पुराण वल्लोगाउँ र पल्लोगाउँ हिड्ने विशाल दिनभर दमाह बबजाएर बापत १० रुपैयाँ मात्र पारिश्रमिक पाउँछन् । कतै विवाह भयो र पञ्चेबाजा बजाउने अर्डर आयो भने आफ्ना बाबुको पछि लागेर उनी कुन गाउँ, कस्कोमा जाने हो लुरु–लुरु जाने गर्छन् । आफूभन्दा धेरै उमेर पाकाहरुसँग उनीहरुको सहयात्री बनेर दमाह बजाए बापत कहिले रु १० पाउँछन् त कहिले रु ५ मात्रै चित्त बुझाउनु परेको छ । आफू विद्यालय जान्छु भन्दा पनि आफ्ना बाबुले विद्यालयको साटो विवाह तिरै दमाह बजाउन लैजाने गरेको डराई–डराई विशालले बताए ।

विशाल अध्ययनरत विद्यालय श्री मेची जनसाधार विद्यालयकी वर्ग शिक्षक यामकुमारी खतिवडा भन्नुहुन्छ ‘पढाई त ठिक–ठिकै छ, तर ऊ विद्यालयमा अन्य विद्यार्थीको तुलनामा कमै आउँछ’ । उता विशाल भने आफू विद्यालय जान मन हुँदाहुँदैपनि पञ्चेबाजा बजाउने टोलीसँगै सकि नसकि दमाह बोकेर जानु पर्ने बताए । हुनतः उनको पारिश्रमिक दिनक १० रुपैयाँ मात्र होइन, पञ्चेबाजा बजाउने समूहले राम्रै रकम पाउँछन् तर उनी सानै भएका कारण १० रुपैया मात्र दिने गरेका र उ त्यसैमा खुसी हुने गरेको उनका सहकर्मी आफ्नै हजुरबुबाले भने ।

विशाललाई पनि अन्य बालक सरह विद्यालय जाने, खेल्ने रहर भने नभएको होइन तर उनको परिवारको आर्थिक अवस्था कमजोर हुनु पनि उनको रहर विपरित काम गर्नु परेको हो । साथै पारिवारिक अशिक्षा एवम् चेतनाको कमी पनि एक कारण हो । जे जसो भए पनि उनी दमाह भने दक्ष बादकले बजाए भन्दा कम बजाउँदैनन् । विशाल भन्छन् ‘मेरो भाइ पनि कक्षा–२ मै पढ्छ तर उसलाई बजाउन आउँदैन, मलाई चाहीँ बुबाले दुईबर्ष अगाडि सिकाई दिनुभयो र बजाउने गरेको हुँ’ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply