६० घरपरिवार विस्थापित
मेचीनगर अनलाइन
|
Tuesday, August 31, 2010
|
0 comments
विर्तामोड, १५ भदौ / विरिङ्ग खोलामा आएको वाढीले झापा डा“गीवारी गाविसका ६० घर परिवार विस्थापित भएका छन् ।
३० लाख रुपैया खर्च गरी विरिङ्गमा तटबन्द बनाएको भए पनि अहिले त्यही खोला बस्तीमा बगेको छ । खोला नियन्त्रण तथा तटबन्द समिति बनेको छ । गाविस सञ्चालनका लागि सचिवको अध्यक्षतामा संयन्त्र समेत छ । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरले ३० लाखमध्ये आधा
भन्दा वढी रकम असार महिनामा निकासा गरेको र ठेक्केदारले बालुवाको बा“ध बनाएकोले विस्थापित हुनु परेको पीडित धनसरी राजवंशीले बताइन् ।विस्थापित परिवारलाई अहिले डा“गीबारीको रेडक्रस भवन र घर भाडा लिएर राखिएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed