हत्यारा कमाण्डर पक्राउ
मेचीनगर अनलाइन
|
Tuesday, August 31, 2010
|
0 comments
विर्तामोड, १५ भदौ । माओवादी जनसेनाका सेक्सन कमाण्डरलाई श्रीमती हत्याको अभियोगमा विर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
![]() |
| हत्यारा रामकुमार यादव |
अनमिनद्वारा प्रमाणित माओवादी लडकु यादवको परिचयपत्र आईएलएम १००३१२४ नम्बर हो । यादवलाई जनसेनाको प्रथम डिभिजनले आइतबार हस्तान्तरण गरेको झापाका प्रहरी प्रमुख रविन्द्र शर्माले बताउनुभयो । यादवले विदामा गएको बेला श्रीमतीलाई झापा ल्याएर विभत्स हत्या गरेको प्रहरीले
जनाएको छ ।
लगभग सात वर्षदेखि माओवादी लडाकु बनेका यादवले चुलाचुलीको फष्ट डिभिजनमा रहँदा घिमिरे थरकी युवतीसँग प्रेम गरी आप्mनी श्रीमतीको हत्या गरेको हुनसक्ने विर्तामोड प्रहरी प्रमुख सुरेन्द्र सिटौलाले बताउनु भयो । सिराहाको दौलतपुर–५ माइती भएकी अनिताको शव बैशाख १९ गते नै प्रहरीले फेला पारेको भए पनि सनाखत गर्न दुई महिनाभन्दा बढी समय लागेको जनाएको छ ।
![]() |
| गत बैशाख १८ गते हत्या भएकी श्रीमति अनिता यादव |
यादव श्रीमतीको हत्या गरी फेरि क्यान्टोनमेन्टमा हाजिर हुन गएका थिए । प्रहरीले अनुसन्धानमा चुलाचुलीका माओवादी लडाकुको सहयोगी भूमिका रहेको जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले यादवलाई सोमबार नै अदालत लगी म्याद थप गराएको छ ।
यसैबीच, दुई वर्षअघि मोरङको विराटनगरमा विद्यार्थीको हत्या गरी फरार तुले भनिने सुरज कार्कीलाई पनि विर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
२०६५ चैत २० गते एसएलसी परीक्षा केन्द्र गएका विराटनगर– ४ का अनुज थापामगरको छुरा हानी हत्या भएको थियो । घटनामा संलग्न फरार कार्कीलाई विर्तामोडस्थित कनकाई रोडबाट प्रहरीले आइतबार पक्राउ गरेको झापाका एसपी शर्माले बताउनुभयो । कार्की विराटनगर ४ कै पोखरिया निवासी हुन् । यसअघि हत्याकाण्डमा संलग्न झापा लखनपुर– २ का दिपेन्द्र सुब्बालाई पक्राउ गरी जेल चलान गरिएको थियो । व्यक्तिगत घटनामा विराटनगरको जनता माविका विद्यार्थी अनुज थापामगरको हत्या गरेका कार्कीलाई हिजै मोरङ प्रहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Filed Under: समाचार



0 comments
Trackback URL | Comments RSS Feed