दार्जिलिङमा हत्याका घटना बढ्दोक्रममा
मेचीनगर अनलाइन
|
Tuesday, August 31, 2010
|
0 comments
काकडभिट्टा १५ भाद्र / केही दिनयता जारी हत्या श्रृंखलाले ‘पहाडकी रानी’ दार्जिलिङ अशान्त वनेको छ । चार दिनमा तीनको रहस्यमय हत्यापछि दार्जिलिङ अशान्त बनेको हो ।
दार्जिलिङका २७ वर्षीय शशीभुषण आले, कालिम्पोङका रुद्रमणि धिताल र सिलिगुडीका राजु तामाङको रहस्यमय हत्या भएको हो । मदन तामाङका छोरा सन्जोगको सिलिगुडीस्थित घरका कामदार राजु चार दिन अघि घरैमा मृत फेला परेका थिए । उनको हत्या भएको हो या आत्महत्या त्यसवारे प्रहरीले अनुसन्धान जारी राखेको छ । सन्जोगको घरमा लामो समयदेखि काम गर्दै आएका राजुको हत्या भएको हुनसक्ने आशंका एकातिर गरिएको छ भने अर्कातिर उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उनको मृत्युलाई प्रहरीले महत्वका साथ हेरेको जनाएको छ । मदन तामाङ
को हत्याका आरोपी निकेल तामाङ प्रहरी हिरासतबाट फरार भएको भोलिपल्टै राजुको मृत्यु हुनुका पछाडी महत्वपूर्ण कारण हुन सक्ने प्रहरीको भनाई छ । ‘निकेल फरार भएपछि उनको मृत्युको खवर आएको छ’, सिलिगुडी थानाका एक प्रहरी अधिकृतले भने,‘यसलाई गम्भीर रुपमा हेरेका छौ ।’दार्जिलिङको बिद्यँ विकाश एकाडेमीका शिक्ष्ँक आलेको शुक्रवार दार्जिलिङदेखि करिव ९ किलोमिटर टाढाको रगगार्डेन नजिक शव भेटिएको छ । उनको केही दिन अघि हत्या गरिएको प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दार्जिलिङमै वसोवास गर्ने मोहम्मद इशाक र आले पत्नी सागरिका पाख्रिनलाई पक्राउ गरेको छ । आले एक सातादेखि वेपत्ता थिए ।
व्यस्त वजारमा कालिम्पोङ सुङदुङका रुद्रमणि धितालको खुकुरी प्रहार गरी शुक्रवार हत्या गरिएको छ । उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरिएको हो । उनलाई कालिम्पोङकै विशाल राईले हत्या गरेको प्रहरीले जनाएको छ । दुग्ध व्यवसायमा संलग्न धितालको हत्याको कारण थाहा हुन सकेको छैन । घटनालगत्तै कालिम्पोङ पुगेका दार्जिलिङका प्रहरी प्रमुख देवेन्द्रप्रतापसिंहले हत्याराको पहिचान भइसकेकाले कडा कार्वाही गरिने प्रतिवद्धता जनाएको कालिम्पोङका पत्रकार छुदेन कामिवोले जानकारी दिए ।
दार्जिलिङमा जारी हत्या श्रृंखलाप्रति गोर्खा जनमुक्ति मोर्चाले चिन्ता व्यक्त गरेको छ । प्रचार सचिव डा. हर्क क्ष्ँेत्रीले वारम्वार भइरहेका हत्याका घटना दुःखद भएको बताउदै यसको दोषी वंगाल सरकार रहेको बताए । वंगाल सरकारको अकर्मण्यताले दार्जिलिङमा हत्या श्रृंखला बढेको उनको दावी छ । वंगालको सुरक्ष्ाँ व्यवस्थाको खिल्ली उडाउदै उनले वंगालले दार्जिलिङमा हत्या श्रृंखला गराएको आरोप लगाए । उनले भने,‘वंगालले हाम्रो आन्दोलन दवाउन यस्तो हर्कत शुरु गरेको हो ।’
यसैवीच मदन तामाङको हत्याको आरोपमा हिरासतमा रहदा वेपत्ता भएका निकल तामाङको स्थिति अझै पत्ता लगाउन वंगाल प्रहरी असक्षम बनेको छ । उनी एक साता अघि फरार भएका थिए । मोर्चाले दुई दिन भित्र निकोललाई जिउदै सार्वजनिक गर्न माग गरेपनि प्रहरीले त्यसको वेवास्ता गरेको छ ।
निकोललाई ३० तारिख अदालतमा हाजिर गराउनु पर्ने आदेश अदालतको आदेश थियो तर हिरासतबाटै फरार भएकाले उनलाई सोमवार प्रहरीले अदालतमा उभ्याउन सकेन । प्रहरीले उनी भागेकाले उपस्थित गराउन नसकेको अदालतलाई बयान दिएको पत्रकार प्रमोद गिरीले जानकारी दिए
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed