ढुंगा गिट्टी तस्करले कुटे वन अधिकृत
मेचीनगर अनलाइन
|
Tuesday, August 31, 2010
|
0 comments
खिलानाथ ढकाल, भदौ १५/ उत्तरी मोरङको टाँडीस्थित मिक्लुङ खोलाबाट ढुंगा-गिट्टी तस्करी गर्दै आएका ठेकेदार र उनको गुण्डा समूहले इलाका वन कार्यालय उर्लाबारीका अधिकृत यज्ञबहादुर थापालाई कुटपिट गरेका छन्। ढुंगा-गिट्टी तस्करी बन्द गराउन लागेका अधिकृत थापामाथि मधुमल्ला-९ स्थित कान्छी चोकमा कुटपिट गरेका हुन्।
ढुंगा र मुक्का प्रहारबाट घाइते भएका थापाको उर्लाबारीस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ अदालतले खोलानालाबाट ढुंगा-टिट्टी निकाल्न नपाउने गरी प्रतिबन्ध लगाए पनि मिक्लुङ खोलाबाट अवैध तरिकाले ढुंगा-गिट्टी निकाल्ने र निकासी क्रम जारी रहेकोले वन कार्यालयका कर्मचारी टोली त्यसलाई रोक्न पुगेको थियो।
'वन विभागबाट खोलानालाबाट ढुंगा-गिट्टी निकाल्न रोक लगाउन आदेश आएपछि हामी गएका थियौं', थापाले नागरिकन्युजसँग भने, 'ठूलो समूहमा रहेका गुण्डाले निर्घात पिटे।'
ढुंगा-गिट्टी निकासी भइरहेको खबर पाएपछि इलाका वनका ६/७ जना कर्मचारी त्यहाँ गएका थिए। टोली त्यहाँ पुग्दा करिब २ सय ट्याक्टरमा ढुंगा-गिट्टी भर्ने काम भइरहेको बताइएको छ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed