भविष्य खोज्दै एफएमतिर
मेचीनगर अनलाइन
|
Sunday, August 29, 2010
|
0 comments
धुलावारी १४ भदौ/ विकास ग्वालको अनुहारमा खुशीको भाव पोतिएको थियो । सिप र अवसर पाए केही गरेर देखाउने जाँगर र आत्मविश्वास उनमा झल्किन्थ्यो । १२ कक्षामा अध्ययनरत ग्वाल रेडियो सरगमले यहाँ दिइरहेको रेडियो उत्पादन र प्रस्तुति तालिम लिइरहेका छन् ।
तालिम लिएर आरजे बन्ने सपना बोकेका ग्वालको पिछडिएका समुदायको आवाजलाई रेडियोमार्फत उजार गर्ने लक्ष्य । विहान क्याम्पस भ्याएर साइकलमा हतारहतार तालिम लिन आउने ग्वाल यस क्षेत्रमा लागेपछि सुरुमा कम पैसामा काम गर्नुपर्ने सुनेको बताउँछन् ।
‘पैसाभन्दा समाज सेवा गर्नु मेरा लागि ठुलो कुरा हो’ उनले भने । धाईजन –९ गोजावस्तीका सुष्मा राजवंशीको सुपना पनि उस्तै छ । उनलार्य तालिम लिन उनको परिवारले खासै चासो नदेखाए पनि तालिन लिएर सफल आरजे बन्ने सपना बुनेकी छिन् । ‘सपना पूरा हुने हो कि हैन’ उनले भनिन–‘नभए नि बौलन आत्मविश्वास त पक्के बढेको छ ।’ रेडियोमा जगिर भए आप्mनो पहिचान समाजमा स्थापित हुने भएकाले उनी खुबै मिहेनत गरिरहेकि छिन् । कम्प्यूटर इन्ष्टिच्यूटमा कार्यरत अर्का प्रशिक्षार्थी कमल श्रेष्ठ दमकबाट दैनिक तालिम लिन आउँछन् । रेडियो तालिम यसअघि पनि तालिम सिइसकेका श्रेष्ठ रेडियो क्षेत्रमा नै रमाउने धोको भएको सुनाउँछन् । ‘विहान १० बजे अफिस भ्याउँछु, त्यसपछि घर पुगेर तालिमका लागि तयार हुन्छु’ उनले मेचीनगर अनलाइनसँगको भेटमा भने ।
विभिन्न समुदायबाट युवायुवतिको सहभागिताले सञ्चार क्षेत्रमा नयाँ सन्देश दिएको तालिमका प्रशिक्षक तथा रेडियो नेपालका अमरध्वज लामा बताउँछन् । ‘सामुदायिक रेडियोको मुख्य उद्देश्य मानिसको दैनिक जीवनमा घटेका घटनालाई उठान गर्नु हो’, उनले भने नेताहरुको भाषणलाई मात्र प्राथमिकता दिनुहुँदैन ।
शुरुमा १६ घण्टा प्रसारण गरिने रेडियो सरगमकमो फ्रिक्वेन्सी ८८.८ मेगाहर्ज रहने सरगमका निर्देशक ज्ञानेन्द्र निरौलाले बताए । झापाकै पहिलो सामुदायिक रेडियो भएकाले यसले भिन्ने पहिचान स्थापित गर्ने उनको विश्वास छ । रेडियोले स्थानीय विषयवस्तु, समाचारमूलक र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने निरौलाले बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed