• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सञ्चारकर्मीद्वारा पुनर्वहालीको माग

ईटाभट्टा १४ भाद्र विर्तामोडबाट प्रशासन भैरहेको विर्ता एफएमले आपूmहरुलाई विनाकारण कामबाट निष्कासन गरेको भन्दै दुई सञ्चारकर्मीले पुनःबहाली गर्न माग गरेका छन् । 
एफएम सञ्चालक प्रज्ज्वल घिमिरेले विनाकारण निष्कासन गरेको भन्दै दुई सञ्चारकर्मीले पुनःबहाली गर्न माग गरेका छन् । 
एफएम सञ्चालक प्रज्ज्वल घिमिरेले विनाकारण ‘तिमीहरु भोलिदेखि काममा नआउनू’ भनेर भदौ १० गतेदेखि निष्कासन गरेपछि उनीहरुले काममा पुनर्वहालीको गर्न माग गरेका हुन् । तीन वर्षअघिदेखि इँटाभट्टाको मेची ट्युन्स एफएमको समाचार शाखाका काम गरेका जानुका धिमाल र मोहन पौडेललाई एफएमले उही स्वामित्व भएको विर्ता एमएममा असारदेखि स्थानात्तरण गरेको थियो । 

एफएमले श्रमजीवी पत्रकार ऐन लागू गर्न सरकारले गरेको आग्रहलाई हालसम्म् नकार्दै ऐन लागू नगरेको आरोप निष्कासित सञ्चारकर्मीले मेचीनगर अनलाईलाई टेलिफोनमार्फत जानकारि दिएका छन् । एफएमले दुईजना सञ्चारकर्मीलाई निष्काशन गरेपछि ‘आवश्यकतासम्वन्धी सूचना’ प्रसारण गर्न थालेको छ । 
निष्कासित सञ्चारकर्मीले पत्रकार महासंघ झापालाई पत्र लेखेर पुर्नवहाली गरिमाग्न आग्रह गरेका छन् । उनीहरुले न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना विभाग, प्रेस काउन्सिल स्थानीय सञ्चार अनुगमन समिति, आदिवासी जनजाति पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ, प्रेस युनियन र प्रेस चौतारीलाई पत्रको बोधार्थ दिएका छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply