• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पत्रकारसहित १ दर्जन घाईते


काँकडभिट्टा, भाद्र १३ - झापाको सदरमुकाम चन्द्रगढीमा आइतबार दिउँसो प्रहरी र वन्दकर्तावीच भएको झडपमा पत्रकारसहित एक दर्जन सर्वसाधारण घाइते भएका छन् । 
सचेत युवा समुह नामक संस्थाले झापाका प्रहरी प्रमुखले व्यापारीमाथि ज्यादती गरेको भन्दै सदरमुकाम चन्द्रगढी र भद्रपुर नगर क्षेत्र वन्द आव्हान गरेको थियो । सो क्रममा प्रहरी र वन्दकर्तावीच झडप भएको थियो । झडपका क्रममा पत्रकार पार्थ मण्डल, किसन पासवानलगायत घाइते भएका छन् । प्रहरीले वन्दकर्ता मध्येका विजय साह र स्थानीय समिर राईलाई पक्राउ गरेको बताइएको छ । वन्दका क्रममा सदरमुकाम र आसपासका सम्पुर्ण वजार, शैक्षिक संस्था, यातायात र कलकारखाना वन्द भएका थिए । यातायात वन्दका कारण सर्वसाधारणले
सास्ती व्यहोरेका थिए । एकसाता अघि भन्सार गरेको सामान पक्राउ गरेर व्यवसायीलाई दुःख दिएको भन्दै वन्द आव्हान गरिएको हो । एसपी रविन्द्र शर्माको आदेशमा प्रहरीले करिव डेढलाखको सामान एक साता अघि झापाको विर्तावजारबाट पक्राउ गरेको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply