• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एकै व्यापारीले गराईदिए भद्रपुर बन्द

राजु अधिकारी, झापा, भदौ १३- भद्रपुरमा बसेर 'वारिपारि' को धन्दा चलाउँदै आएका एकजना स्थानीय व्यापारीको आव्हानमा आइतवार भद्रपुर बजार दिनभर बन्द भएको छ। पाँचदिन अघि प्रहरीले आफ्नो सामान पक्राउ गरेको विरोधमा भद्रपुरका व्यापारी संजिव घोषले बजार बन्द गराएका हुन्।
प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनले सहयोगीहरु परिचालन गरेर जबरजस्ती बजार बन्द गराएका हुन्। बन्दका क्रममा प्रहरी र बन्दकर्ता बीच घम्साघम्सी हुँदा बजार केहिबेर तनावग्रस्त बने
को थियो। जिल्ला प्रहरी कार्यालय, झापाले गत मंगलवार भन्सार छलेर नेपाल भित्र्याएको शंकामा विर्तामोडबाट व्यापारी संजिव घोष र विजय शाहको १ लाख भन्दा बढी मूल्यको कुर्तासुरुवालका कपडा नियन्त्रणमा लिएको थियो। तत्कालै भन्सारलाई बुझाएको ती सामानको बिल विजक तथा भन्सार प्रकृया सम्बन्धि कागजात नभएको प्रहरीको भनाई छ। आफुसँग कागजात हुँदाहुँदै प्रहरीले सामान पक्रेको भन्दै व्यापारी घोषले त्यसको विरोधमा सहयोगी परिचालन गरेर बजार बन्द गराएका हुन्। 
सटिङ्ग सुटिङ्गका सामानहरु भारतबाट नेपाल भित्र्याएर राजधानी लगायतका बजारमा पठाउँदै आएका व्यापारी घोषले प्रहरीले घुस मागेको प्रस्ताव अस्विकार गर्दा आफ्नो सामान पक्रेको दावी गरेका छन्। घोष भन्सार छलेर सामान भित्र्याउन वद्नाम रहेको भन्दै राजश्व चुहावट हुन नदिन सामान पक्राउ गरेको प्रहरीको भनाइ छ।
प्रहरीले पक्रेर मेची भन्सार कार्यालय, काकरभिट्टामा बुझाएको व्यापारी घोषको सामान बारे भन्सारले कारवाही प्रकृया अगाडि बढाएको छैन। प्रहरीले सामान पक्राउ गर्दा बिल विजक तथा अन्य कुनै कागजात फेला पारेको थिएन तर भन्सारमा सामान बुझाइसकेपछि भने नाटकिय ढंगले कागजात देखाइएको जिल्ला प्रहरीको भनाइ छ। यही विवादले आइतवार भद्रपुरका सयौं पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द भए। बन्द आव्हान गर्नका लागि व्यापारी घोषका सहयोगीहरुले शनिवार बेलुका भद्रपुर नगर क्षेत्रमा माइकिङ्ग समेत गरेका थिए।
बन्द खोल्ने प्रहरीको प्रयास विफल बनेको थियो। त्यसक्रममा प्रहरीले घोषका सहयोगी विजय शाहा र समिर राइलाई पक्राउ गरेको छ।
'वारिपारि' धन्दाका लागि झापामा चर्चित रहेका व्यापारी घोष सुरुमा साइकलको सामानको कारोवार गर्थे। पछि व्यवसाय बढाउँदै लगेका उनले अहिले 'वारिपारि' बाटै आफ्नो हैसियत जिल्लाकै चर्चित व्यापारीको तहमा उकालेका छन्।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply