इलाममा दुर्घटनामा २ को मृत्यु
मेचीनगर अनलाइन
|
Monday, September 6, 2010
|
0 comments
इलाम, भाद्र २१ - इलाममा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मेचीराजमार्गको चमैता देउमाईखोप सडकखण्डमा भएको दुर्घटनामा ताप्लेजुङ याम्फेकका २३ वर्षीय जितेन राईको ज्यान गएको हो । ना २ ख ३०३६ नम्बरको खाली ट्रक सडकबाट ५० मिटर तल खस्दा उनको ज्यान गएको थियो । इलामको कोल्बुङ्ग-९ किटेनीमा आजै दिउँसो ३ बजे भएको अर्को सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य
पाँच जना घाइते भएका छन् । इलामबाट झापातर्फजाँदै गरेको मे १ ख ९४७ नम्बरको माइक्रोबस भित्तामा ठोक्किएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको कोल्बुङ्ग प्रहरीले बताएको छ । सो दुर्घटनामा ज्यान गएका मृतकको नाम खुल्न सकेको छैन । घाइतेलाई उपचारका लागि झापाको बिर्तामोड लगिएको छ । रासस
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed