• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अस्ट्रेलियामा नेपाल महोत्सव

सिड्नी (अस्ट्रेलिया), भाद्र २१ - अस्ट्रेलियाको डालिङ हार्बर रातो चन्द्र सूर्य अंकित झन्डाले झकिझकाउ थियो । नेपाली पोसाक लगाएका युवायुवती आगन्तुकलाई व्यवस्थित गर्न र महोत्सव व्यवस्थापन गर्न व्यस्त थिए । स्वयंसेवक स्टलमा आएका विदेशी पाहुनालाई नेपाल पर्यटन वर्ष र नेपाली कला संस्कृतिबारे जानकारी दिन व्यस्त थिए ।
महोत्सवमा नेपाली कला संस्कृति र पर्यटकीय क्षेत्रबारे जानकारी लिन विदेशी पनि उत्सुक देखिन्थे । अस्ट्रेलियास्थित नेपाली दूतावास
र गैरआवासीय नेपाली संगठन एनआरएनले आयोजना गरेको नेपाल महोत्सवमा करिब ३० हजार नेपाली र विदेशीको सहभागिता थियो । नेपाल पर्यटन वर्ष २०११ लाई प्रवद्धर्न गर्ने र स्वदेशी/विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले बताएका छन् ।
 प्रत्येक दुई वर्षमा यहाँ नेपाल महोत्सव आयोजना हुँदै आएको छ । बिहान ९ बजेदेखि सुरु भएको महोत्सवमा युवायुवतीको साथै वृद्धावृद्धाको समेत सहभागिता
थियो । त्यति मात्र नभएर यहाँ रहेका विभिन्न देशका विदेशी दर्शकले समेत महोत्सवको आनन्द लिएका थिए । उनीहरू विशेष गरेर नेपाली कला संस्कृतिबारे जानकारी लिन साथै परम्परागत वेशभूषाप्रति आकषिर्त थिए । मेला आयोजकमध्येको एक एनआरएन अस्ट्रेलियाका अध्यक्ष धु्रव सुवेदीले मेलाको सफलतापश्चात पर्यटन वर्षमा थप विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरे । 'हाम्रो मुख्य उद्देश्य सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउने हो,' उनले भने, यसमा हामी सफल बनेका छौं ।'     महोत्सवमा अस्ट्रेलिया सरकारका पार्लियामेन्ट सेक्रेटरी लौरी फरगुसन र नेपाली राजदूत योगेन्द्र ढकाललगायतको पनि सहभागिता थियो । 
Source : Kantipur 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply