• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

फेसबुकको बढ्दो क्रेज

युवा जमातबीच ‘फेसबुकडटकम’ निकै लोकप्रिय बनेको छ । विशेष गरेर पत्रकारितामा प्रवेश गर्न लागेका र पत्रकारिताप्रति चासो राख्नेहरुको जमात निकै ठूलो  भीड छ फेसबुकमा । त्यती मात्र होइन पत्रकारिताका ‘डन’ देखि लिएर सिनेमाका ‘डन’ राजनीतिक दलका ‘डन’ सबै फेसबुकमै भेटिन्छन् । गजबको भएको छ यो फेसबुक, सोच्दै नसोचेका ब्यक्तिहरुसँग पनि कुरा गराउँछ । कसले कहाँ जागिर खायो, को कहाँबाट निस्कियो, कसलाई ‘चाहियो’ भन्ने विज्ञापन,  कसको बिहे हुँदैछ, कुन नेताले के गरे, कहाँ के भयो,  कसले कसलाई कुट्यो आदि इत्यादि सबै कुरा फेसबुकमा पढ्न पाइन्छ । 
झापाका पनि थुपै्र छन् फेसबुकमा भेटिनेहरु । सञ्चार क्षेत्रको उर्भरभूमि मानिने झापाका पत्रकार कसरी फेसबुक नचलाई बस्न सक्थे र ! झापाका पवन पौडेलगणेश पोखरेल, माधव विद्रोही, तारमणि सापकोटा, सुब्रत न्यौपाने, हिमाल खरेल, केशब भट्टराई, उमाकान्त खनाल, इन्द्रजीत मुखिया, विशाल नेम्वाङ, गोपाल गड्तौला, लिला वराल, मोहन काजी, केशव आचार्य, कुमार लुइटेल, गोपाल झापाली, गोपाल काफ्ले, कृष्ण मिश्र आदि थुप्रै भेटन्छन् फेसबुकमा । कोही नियमति अपडेट गर्छन् कोही कहिले काहिँ झुल्किन्छन् फेसबुकमा । जे होस् झापामा पनि थुप्रै छन् फेसबुक प्रयोग कर्ता  ।  फेसबुक प्रयोगबाटै धेरै कुराको आदान प्रदान हुने गरेको छ । सूचना र प्रविधिको हिसाबले हेर्ने हो भने अब्बल दर्जामा पर्छ फेसबुक । तर, विकाससँगै विकृति पनि उत्तिकै छ फेसबुकमा । अस्ति भर्खरै कंञ्चजंघा एफएमका समाचार सम्पादक दाई केशव भट्टराईले फेसबुकमा बढ्दै गएको अश्लिलता रोक्नु के गर्नु पर्छ भनेर ‘अपडेट’ गर्नु भएको थियो । त्यसको थुपै प्रतिक्रियाहरु आएका थिए ।  
पत्रकार मात्र नभएर फेसबुकमा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत  नायक राजेश हमाल, मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य, आदि छन् । राजेश पायल राई, क्रान्ति आले मोहित आचार्य, निमा रुम्बा लगायतका गायक पनि यो साइटमा भेटिन्छन् । तर अचम्म के छ भने फेसबुकमा उनीहरुका साथीहरु, सन्देशहरु भए पनि कतिपय कलाकारलाई फेसबुक भनेको के हो ? आफ्नोबारेमा कसले म्यासेज अपडेट गरिरहेको छ भन्ने थाहै छैन । 
फेसबुकमा हास्य कलाकार हरिवंश आचार्य र मदकृष्ण श्रेष्ठ (महजोडी) को फ्यान क्लबमा अहिलेसम्म ६ सयभन्दा बढी शुभचिन्तक छन् । तर, यो कुरा न ‘म’ लाई थाहा छ न त ‘ह’ लाई नै । हरिवंशले भने, ए हो र ? हामी            (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले त त्यस्तो केही गरेका छैनौं । मलाई यसबारे थाहा छैन । कोही मित्रले हाम्रोबारे प्रकाशन गर्नुभएको होला । ‘मेरो छोरो मोहितले कता हो हल्का कुरा गरेजस्तो लागेको थियो । तर, कार्यव्यस्तताका कारण बाबु–छोराको राम्ररी कुरा हुन पाइरहेको छैन । मौका मिलाएर हेर्नुपर्ला ।’ मह जोडीले भने ।
‘मह’ को झै फेसबुकमा नायक राजेश हमालको पनि फ्यान क्लब छ । फेसबुकमा हमाल आफैले एकाउन्ट खोलेर आफ्नो ‘इन्फर्मेसन, म्यासेज’ राखेका हुन् कि अरु कसैले हो भन्ने कुरा अज्ञात छ । फेसबुकमा अर्का स्टार–भुवन केसी पनि छन् । उनका थुप्रै ‘फ्रेण्ड, फ्यान’ छन् । तर, अपशोच यो कुरा नायक भुवनलाई पनि थाहा रहेनछ । नायक भुवनले भने–‘खै, मलाई त यसबारे केही थाहा छैन । ए....हैन÷हैन....मेरो एकजना साथीले गरिदिएको हो ।’ को साथी ? नाम भन्नुहोस् न । ‘नाम....खै यार, के पो हो, नाम...मेरो अर्को मोवायलमा छ । मैले पनि हेरेको छैन । हेर्ने रहर चाहिँ छ ।’
फेसबुकमा असली ‘लग अनर’ कलाकारमा चाहिँ गायक राजेश पायल राई भेटिए । उनले आफ्नोबारे ‘लेटेस् म्यासेज, इन्फरमेसन्स’अपडेट गर्ने गरेका छन् । राईका अनुसार उनले फेसबुकमा एकाउन्ट खोलेको झन्डै दुई बर्ष हुन लाग्यो । ‘फेसबुकबाट मलाई धेरै फाइदा भएको छ । आफूले गरिरहेको कामको बारेमा तत्काल मान्छेसमक्ष सन्देश पठाउन, नयाँ–नयाँ साथी बनाउन निकै सजिलो भएको छ । तर, के गर्नु म कार्य व्यस्तताका कारण आफैले ‘लग अन’ गरिरहन सक्दिन । मेरा साथीहरु हुनुहुन्छ, उहाँहरुले मेरो म्यासेज अपडेट गरिदिनुहुन्छ ।’
फेसबुकमा कलाकार मात्रै होइन एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’,  प्रधानमन्त्री माधव कुमार नेपाल,  केपी शर्मा ओली, झलनाथ खनाल, शुशिल कोइराला, बाबुराम भट्टराई, नेपाली कांग्रेसका युवा नेता गगन थापा लगायत थुप्रै नेताहरु पनि भेटिने गर्छन् । कतिपय नेताहरुले आफै अपडेट गर्ने गरेको पाइन्छ भने कतिको असली लगर को हो त्यो अन्योल नै छ । तर स्थानीय जिल्लाका नेताहरु भने फेसबुकमा आवद्ध भएको पाइन्न ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply