• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सुत्केरी स्याहार्दै प्रहरी


कुमार लुइटेल दमक / झापा दमकस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी दुर्गा रेग्मीलाई सोमबार प्रसव बेथाले च्याप्यो । प्रहरी निरिक्षक नवीन कार्की नेतृत्वको प्रहरी टोलीले उनलाई तुरुन्तै अस्पताल पु¥यायो । रेग्मीले ओम मेची अस्पतालमा छोरो जन्माइन् । 

इप्रका दमकका प्रहरीले अहिले उनलाई गरेको असल व्यवहारका कारण उनले सुत्केरीले पाउनुपर्ने माया प्रहरीबाटै पाएकी छिन् । ‘मानवीयताको आधारले पनि आप्mनै खर्चमा सुत्केरी गराउन अस्पताल पु¥याएँ ।’ प्रहरी निरिक्षक नवीन कार्कीले भने, ‘अहिले हिरासतमै खाना र अन्य व्यवस्था गरिदिएको छु ।’ उनलाई स्यार सुसार गर्न एकजना महिला प्रहरी नै खटाइएको उनले बताए ।
अदालतबाट अपराध सावित भई सजाय भोगकाहरुले पाउने सेवा सुविधाको विषयमा उल्लेख भए पनि प्रहरी हिरासतमा सुत्केरी हुनेलाई के गर्ने भन्ने कहीँ उल्लेख नभएको कार्कीले बताए । 
दमक–९ का सारिका र रुनुमाया धिमाललाई बेचबिखन गर्ने नियतले भारततर्फ लैजाने क्रममा एक महिनाअघि रेग्मी र उनका श्रीमान विनोद भाटियालाई माइती नेपालले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको थियो । एक महिनाअघि सुनौली नाकामा भारत जान लाग्दा पक्राउ परेका धिमालद्धयलाई घर फर्काएपछि फेरी सिलगुढी नाकाबाट ती युवतीलाई भारत लैजान उक्साउँदै गर्दा गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले भदौ २० गते दुर्गालाई चन्द्रगढीबाट पक्राउ गरेको गरेको थियो । भाटिया पनि प्रहरी हिरासतमा दमकमै छन् । श्रीमती सुत्केरी भएपछि प्रहरीले उनलाई पुरुष थुनुवा कोठाबाट सारेर श्रीमतीसँगै बस्ने सुविधा दिएको छ । मुद्दा अदालन नजाउन्जेल सुत्केरी र बच्चाको नियमित स्वास्थ्य जाँच गर्नेलगायत व्यवस्था समेत प्रहरीले गरिदिएको छ । इप्रका दमककी महिला प्रहरी भगवती चौधरीले सुत्केरीको स्याहार गर्न थालेकी छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply