• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

शरणार्थी शिविरहरुमा धम्की

चेतन अधिकारी, दमक, भाद्र २९ - साताअघि भूटानी शरणार्थीका सामाजिक कार्यकर्ता केबि खड्काको हत्या भएपछि शरणार्थी शिबिरमा श्रृंखलाबद्ध रुपमा धम्कीका घटना बढेका छन् । जसका कारण बेलडांगी शिविरमा ठूलो संख्यामा शरणार्थी अगुवाहरु बिस्थापित भएका छन् ।
सशस्त्र प्रहरी बेसक्याम्प बेलडांगीका अनुसार तीनवटा शिविरमा गरेर करिब १ सय शरणार्थीहरु बिस्थापित भएका छन् ।

सशस्त्र प्रहरी निरिक्षक गान्दिप स्याङ्गताङ्गका अनुसार सुरक्षा पाँउ भनेर निबेदन दिनेहरु क्रमश बढीरहेका छन् । प्रहरीका अनुसार बेलडांगी १, बेलडांगी दुई र तीन्ा गरेर पाँच दिनमा १५ जनाको जाहेरी परेको छ । कतिपय शरणार्थी नेताहरुलाई जिल्ला प्रसासन कार्यलयले नै सुरक्षा दिनु भनेर नाम सहितको निर्देशन पठाएको बेस क्याम्पले जनाएको छ ।
साताअघि दमकबाट शिविर र्फकने क्रममा बेलडांगी ३ का पूर्ब सचिब केबि खड्काको अज्ञात समूहद्धारा हत्या भएको थियो । हत्या लगत्तै शरणार्थीहरुमा धम्कीको क्रम बढेको हो । हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पहिचान र पक्राउ गर्न नसकेको हुनाले पनि शरणार्थीहरु त्रसित भएका छन् ।
ब्ेालडांगी ३ का सचिव  गणपती अधिकारी खड्काको हत्या भएकै भोलीपल्ट देखि शिबिरमा सुत्न छोडेका छन् । उनको छाप्रामा दुई जना अज्ञात युवाहरु आएर ढोका ढक्ढक्याउने,बाहिरी निस्की भन्न्ो जस्त्ा क्रियाकलाप गरेपछि अधिकारी राति शिविरमा बस्न छोडेका छन् ।
शिविरबाट पूर्ब सचिब सुवास आचार्य,क्याम्प रेखदेख समितीका बलराम सुबेदी लगायतका अगुवाहरु धम्कीका कारण भागेका छन् । यसैगरी भूटान पिपुल्स पाटीका केन्द्रीय सदस्य टीबी थापा र गोपाल गुरुङ्गहरुले पनि असुरक्षाको भएको भन्दै प्रसासनिक इकाइहरुमा जानकारी गराएका छन् । यता बेलडांगी १ का सचिब टी बी गुरुङ्ग लगायतले पनि शिबिर छोडेका छन् ।
श्रोतका अनुसार पहिला शिबिरमा असुरक्षा भयो भनेर दमक र बिर्तामोडमा डेरा लिएर बसेका शरणार्थी नेताहरु अहिले यहां पनि असुरक्षित महसुश गरेर काठमाण्डौतिर जान थालेका छन् । प्रहरीका अनुसार धम्की दिने समूहहरु हालसम्म पहिचान गर्न सकिएको छैन । शरणार्थीहरुलाई मोबाइल मार्फत धम्काउने धेरै छन् ।
शिबिरको सुरक्षा कडा पार्न प्रहरीले सांझ सात बजेदेखि शिविर प्रबेशमा कडाइ गरेको छ । राति मोटरसाइकल शिविरमा लैजान बर्जित गरिएको छ भने दिउँसो पनि जांच गरेर मात्र पठाइने गरेको बेस क्याम्पले जनाएको छ ।
 खड्काको हत्या स्वदेश फिर्ती पक्षको बिरोध गर्ने समूहबाट भएको लिबरेसन आर्मी अफ भूटानले आरोप लगाएको छ । शरणार्थीको सुरक्षाका बिषयमा यूएनएचसिआर समेत गम्भिर नभएको विस्थापितहरुले जनाएका छन् ।  यता आइतबार राति क्षेपयास्त्र डु्रक लियोपार्ड नामको संगठनले शिविरहरुमा पर्चाछरी आठ जना शरणार्थी अगुवाहरुलाई परिवार सहित शिबिर नछाडे भौतिक कावार्ही गर्ने चेतावनी दिएको छ ।

 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply