‘राम्रो विकल्प नदिए सर्दैनौं’
मेचीनगर अनलाइन
|
Monday, September 13, 2010
|
0 comments
विर्तामोड २८ भाद्र/ विर्तामोड क्षेत्रका फुटपाथ व्यवसायीहरुले व्यापार व्यवसाय सञ्चालनका लागि राम्रो विकल्प नभउसम्म हाल रहिआएको स्थान नछाड्ने बताएका छन् ।
अनारमनी गाउँ विकास समितिको शुक्रबार सम्पन्न् सर्वपक्षीइ भेलाले विर्तामोड क्षत्रेका सबै फुटपाथ पसल हटाउने निर्णय गरेलगत्तै उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । ष्गाविसले ५ सय भन्दा बढीको संख्यामा रहेका व्यवसायीलाई हटाउने तयारी गरेको छ । ‘हटाउने कुरा त हामीले पनि सुनेका हौँ’ २०५४ सालदेखि इलाम वस स्टेण्डको सडकपेटीमा कपडा पसल गर्दै आएकी सुष्मा भट्टराईले भनिन्–‘व्यवसाय नचल्ने ठाउँमा चाहिँ सर्दैनौं’
नयाँ बसपार्क क्षेत्रमा वा व्यवस्थित स्थानमा मात्र आपूmहरु बस्ने उनको धारणा छ । ‘सारेर मात्र हुँदैन’, भट्टराईले भनिन–‘उचि विकल्प दिनुपर्यो नि ।’
महंगो सटरभाडा तिरेर सुपरमार्केट बस्ने आपूmहरुको आर्थिक हैसियत नभएको जनाउँदै भट्टराइले बस स्टेण्ड वा कृषि उपज बजार क्षेत्र स्थानान्तरणको उपयुक्त स्थान रहेको बताइन् ।
बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा ठेलामा चियानास्ता पसल गर्दे आएकी सीता श्रेष्ठ पनि सडकबाट बल प्रयोग गरेर पसल हटाउन नहुने बताउँछिन् ।
गाविसले यसअघि पनि फुटपाथ हटाउने प्रयास गरेको थियो । तर, व्यवसायीको चर्को विरोधपछि स्थानान्तरण कार्य स्थागित गरिएको थियो । शुक्रबार विर्तामोडमा बसेको सर्पपक्षीय भेलाले फुटपाथ व्यवसायीको प्रतिनिधित्व गराएर फुटपाथ व्यवस्थापन समिति निर्माण गरेपछि भने व्यापारीहरु अलि सकारात्मक देखिएका छन् ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed