२ गाडी अबैध सामान पक्राउ
मेचीनगर अनलाइन
|
Friday, September 24, 2010
|
0 comments
इलाम, ८ असोज/पशुतिनगर भन्सार छलेर अबैध रुपमा ल्याइँदै गरेको २ गाडी सामान सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार दिउँसो इलाम सदरमुकाममा पक्राउ गरेको छ ।
भन्सार छलेर भारतबाट ल्याइँदै गरेको १२ बोरा चिनी, १२ कार्टन मिश्री, तीन बोरा रातो दाल, २५ किलो नरिवल, २ बोरा चनाको दाल, २ कार्टन सावुन, २ कार्टन विस्कुट, १ बोरा मटर, ३ सय ९ बोरा सिरकको पला, काँचो धागो १ बोरा र पराग २ पोका पक्राउ गरेको सशस्त्र प्रहरीका डिएसपी शरद नेउपानेले बताए ।
बा१ख १६४६ नम्बरको मिनी ट्रक र मे १ ज ६४३ नम्बरको जीपमा हालेर भन्सार तिरेर पनि ल्याउन नपाइने
मट्टितेल ४० लिटर बरामद् गरेको नेउपानेले जानकारी दिए । बरामद् गरिएको सामान विहीबार नै पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed