• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

दसगजा अतिक्रमण रोक्ने सहमति

सुव्रत न्यौपाने झापा असोज ८/ नेपाल-भारतका सुरक्षा अधिकारी दसगजामा बढ्दै गएको अतिक्रमण रोक्न सहमत भएका छन् । अधिकारीहरूको सीमा व्यवस्थापन तथा संयुक्त समन्वय बैठकले बिहीबार सो निर्णय गरेको हो । झापाको विर्तामोडमा भएको बैठकले सीमा अतिक्रमण्ा तथा दसगजा क्षेत्रमा भएको अतिक्रमण्ा नियन्त्रण्ा गर्ने सहमति गरेको हो 
झापाका एक दर्जनभन्दा बढी स्थानमा सीमा विवाद चर्किएपछि त्यसको समाधानका लागि ठोस रणनीति बनाएर अघि बढ्न दुवै देशका सरकारी अधिकारीले सहमति जनाएका छन् । झापाको बाहुनडाँगी, मेचीनगर, ज्यामिरगढी, भद्रपुर महेशपुर, पाठामारी, गौरीगन्ज, खजुरगाछीलगायत स्थानमा सीमा विवाद हुँदै आएको छ 
कतिपय स्थानमा दुवैतर्फबाट दसगजा क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । दक्षिणी झापाको पाठामारी-८ का ५० परिवारलाई तत्काल घर छाड्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले साउनको दोस्रो साता धम्की दिएपछि विवाद चकिर्एको थियो । पहिले नेपाली जमिनमा बसेका पाठामारी-८ का ५० परिवार ०५३ सालमा गाडिएको नयाँ स्तम्भपछि दसगजा क्षेत्रमा परेका
थिए । त्यहाँको दसगजा क्षेत्रमा भारतीय पनि बसेका छन् 
हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले स्थानीयका १० वटा कच्ची घर भत्काइदिएपछि नेपाली सुरक्षा अधिकारीको टोलीले त्यसको निरीक्षण गरी अविलम्ब समस्या सुल्झाउन भारतीय पक्षलाई आग्रह गरेको थियो । त्यसको दुई महिनापछि दुवै देशका अधिकारीको बैठक बसेको हो 
बैठकमा सीमा अतिक्रमण्ा र सीमा पिलर सम्बन्धमा दुवै पक्षबाट एउटा टोली बनाएर निरीक्षण्ा गर्ने सहमति भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले बताए 'सीमा क्षेत्रबाट हुने आपराधिक क्रियाकलाप र तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय पनि भएको छ,' सहायक प्रजिअ पोखरेलले नयाँ पत्रिकासँग भने 
अवैध हातहतियारको ओसारपसारमा संलग्नको पहिचानका लागि पनि सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन जरुरी भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकले सीमा क्षेत्रका एउटा स्थानमा अपराध गरी अर्काे स्थानमा आश्रय लिएर बस्नेको खोजीलाई पनि तीव्र पार्ने निर्णय पनि गरेको छ । आउँदो २१ अक्टोबरमा हुने बिहार विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सो दिन ४८ घन्टा 'बोर्डर सिल' गर्न दुवै पक्ष सहमत भएका छन् 
नेपालका तर्फबाट बैठकको नेतृत्व झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले गरेका थिए । भारतका तर्फबाट विहारको किसनगन्ज जिल्लाका डिस्टि्रक मेजिस्टेड सन्दीपकुमार आर पुडाकलकट्टी नेतृत्वकर्ताका रूपमा बैठकमा सहभागी थिए । बैठकमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल, वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठ, प्रहरी उपरीक्षक रवीन्द्र शर्मा तथा भारतीय पक्षबाट पूणिर्या जिल्लाका डिभिजन कमिसनर व्रजेश मेहेता, डिआइजी अमितकुमार, एसपी सी एस आजाद चौरासियालगायतको सहभागिता थियो 
Source:- Nayapatrika

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply