• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पौरखी इन्टरनेशनलको भविष्य अन्यौलमा


राजु बस्नेत/ कतारमा एकवर्ष अगाडी “तीन मूल मन्त्रः स्व–लगानी, स्व–परिचालन र स्व–रोजगार” को नारा सहित स्थापना भएको पौरखी इन्टरनेशनल भन्ने कम्पनीको भविष्य अन्यौलमा रहेको जानकारी विशेष स्रोतबाट थाहा भएको छ । यस कम्पनीमा कतारमा विभिन्न क्षेत्रमा कार्यरत् नेपाली कामदारहरु, व्यवसायी र पत्रकारहरुको समेत लगानी रहेको छ । यो कम्पनी शुरुगर्न विभिन्न व्यक्तिहरुले न्यूनतम १ लाख रुपैया लगानी गरेका छन् भने त्यसभन्दा बढी लगानी गर्नेहरु पनि धेरै छन् । कतिपय सोझासाझा व्यक्तिहरुलाई कम्पनीको संस्थापक वनाइदिने र नेपाल गएपछि योग्यता अनुसारको जिम्मेवारी पौरखी इन्टरनशनलमा दिने जस्ता झुटा एवं विभिन्न प्रलोभन मा पारी लगानी गर्न उत्प्रेरित गरेका थिए । यो कम्पनी कतारमा युनिटी लाइफले सोझासाझा नेपालीहरुलाई ठगिरहेकै समयमा युनिटीकै जस्तो व्यवसाय संचालन गर्न शुरु गरिएको थियो । यस कम्पनीका संचालकहरुमध्ये अधिकतम व्यक्तिहरु युनिटीमा संलग्न व्यक्तिहरु नै हुन् । यस कम्पनीमा कतारबाटप्रत्यक्ष लगानी गर्ने १३६ जनालगानीकर्ताहरुलाई संस्थापन समूह भनेर राखिएकाछन् भने उनीहरुलाई कम्पनीको गतिविधी, योजना, कार्यान्वयनको विषयमा केही पनि जानकारी दिने गरिएको छैन । संस्थापन समुहका धेरैजना कम्पनीको अपारदर्शी गतिविधी र व्यक्तिवादी प्रवृतिसंग असन्तुष्ट रहेको बुझिएको छ ।
लगानीकर्ताहरु मध्ये १३ जनाले आफुलाई संस्थापक भन्नेगरेकाछन् र उनीहरुकै निती निर्णयमात्र कार्यान्वयन हुने गरेको छ। बाँकी 




गुण बहादुर परियार अध्यक्ष रहेको यो कम्पनीले कतारमा विभिन्न व्यक्तिहरुबाट कम्पनी शुरु गर्न संकलन गरिएको ठूलो रकमलाई नेपालमा विभिन्न व्यवसाय संचालन गर्ने उद्देश्य लिई नेपालमा पौरखी इन्टरनेशनल पब्लिक कम्पनीको नाममा भाद्र २८, २०६६ मा दर्ताभई केही क्षेत्रमा लगानी गरी व्यवसायसमेत शुरु गरिसकेको छ ।
कतारमा प्रकाश श्रेष्ठ यस कम्पनीको संयोजक (कतार), योगेन्द्रमान श्रेष्ठ प्रबन्ध निर्देशक (नेपाल) र कमल रेग्मी अर्थ संयोजक (कतार) भई कामगर्दै आएकाछन् । कतारबाट मात्र चार करोडभन्दा बढी रकम विभिन्न व्यक्तिहरुबाट उठाई नेपालमा जग्गा (प्लटीङ्ग) खरिदविक्री गर्ने, होटल गेष्टहाउस व्यवसाय, ट्राभल एजेन्सी, कुखुरापालन, सहकारी संस्था आदि जस्ता नाफामुलक व्यवसायमध्ये केही व्यवसाय संचालन गरीसकेको जानकारीमा आएको छ । पौरखीले व्यवसाय शुरु गरिसके पनि स्थापना गर्दाताका लगानी गर्ने धेरै
लगानीकर्ताहरु हाल आएर कार्यसमितिका पदाधिकारीहरुको कम्पनी संचालन गर्ने कार्यशैलीसंग विल्कुलै असन्तुष्ट रहेकाछन् ।
नाम सार्वजनिक नगर्ने शर्तमा संस्थापन समुहका एक सदस्यका अनुसार “कम्पनीको मूलमन्त्र विपरित कम्पनीको हरेक क्रियाकलापहरु पारदर्शी छैन, कम्पनी शुरुगर्दा लगानी गर्ने व्यक्तिहरुलाई कुनै कुराको जानकारी दिइएको छैन । कुनैपनि योजनाहरु लगानीकर्ताहरुसंग छलफल नगरी दुईचार जनाको निर्णयले मात्र काम गर्ने संस्कार भएको छ भने आफ्नै नातागोताहरुलाई व्यवसायमा बढी प्राथमिकता दिएको छ । सुचना सार्वजनिक नगरी विना प्रतिस्पर्धा नै उनीहरुलाई नियुक्ति गरिएको छ ।
हामी लगानीकर्ताहरु कम्पनीको निश्चित कित्ता किनेर आएका होइनौ । हामीले कम्पनी शरुगर्न लगानी गरेकाछांै त्यसैले हामी लगानीकर्ता हांै र हामी मालिक पनि हांै । आर्थिक लगानीका विषयमा कुनै सरसल्लाह लिइएको छैन, व्यवसायमा कुन ठाँउमा कति लगानी गरियो भन्ने कुराको सामान्य जानकारी सम्म दिइएको छैन ।
यस्ता विभिन्न कमीकमजोरीहरु यो पौरखीमा देखिएकोले र आफैमा विवादास्पद भएकोले कम्पनीको भविष्य अन्यौल देखिएको छ ।” यो कम्पनी स्थापनाताका रकम लगानी गर्ने संस्थापन समूहमा अर्का सदस्यले नाम नछाप्ने शर्तमा दिएको जानकारी अनुसार “काठमाडौं बसपार्क समाखुसीमा दुईओटा गेष्टहाउस संचालन भइरहेको मध्ये एउटा केही महिना अगाडी नै विक्री गरिसकेको जानकारी बाहिरबाट प्राप्त भएको छ तर के कति कारणले विक्री गरियो? कति फाइदा भयो या घाटा भयो? सो को सामान्य जानकारी दिने घृष्टता समेत गरेनन् । यी सबै कुराको औपचारिक जानकारी हामीलाई दिइएन । अझ गेष्टहाउसमा नराम्रा, अवान्छित कार्यहरु भएको कुरा अनलाइन मिडीया (डीसी नेपाल) मार्फत ३१ मई २०१० मा ूयूनिटीको भाई पौरखीलाई कारवाही गरियोसू भन्ने शिर्षकको समाचारमा प्रकाशित भएको थियो । अर्कोतिर गेष्टहाउसको लागि खरिद गरेको भनिएको गाडी व्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गरिदैं आएको छ । आफ्नै गाडी हुदाहुदै गेष्टहाउसको लागि आवश्यक परेको वेला भाडाको अन्य गाडी प्रयोग हुने गरेको समेत जानकारी प्राप्त भएको छ । यसबाट कम्पनीको आर्थिक व्ययभार संचालकहरुले अझ बढाउन चाहेको बुझिन्छ । गेष्टहाउसको लगानी कम्पनीले गरेपनि संचालनको प्रवृति हेर्दा कम्पनीको नभई व्यक्तिको निजी गेष्टहाउसजस्तो देखिन्छ । 
पोखरा, वालिङ्ग र भरतपुरमा जग्गा किनेको जानकारी पाएपनि कति लगानी गरियो? जानकारी छैन । पोखरा र वालिङ्गको जग्गा विक्री भैसकेको र भारतपुर विक्री भैरहेको भन्ने वाहिरबाट सुनेपनि के आधारमा, कतिमा, कसरी विक्री गरियो र गरिदैंछ? सोको जानकारी समेत संस्थान समुहका सदस्यहरुलाई कुनै औपचारिक जानकारी दिइएन ।
यस्तै गुपचुप गतिविधी रहीरहने हो भने लगानीकर्ताहरु नराम्ररी ठगिन सक्ने तिब्र संभावना छ । गत जनवरीमा पनि शुभकामना साझ गर्ने भनी विभिन्न व्यक्तिहरुबाट मोटो रकम उठाई कार्यक्रम नै नगरेको तर अर्कै कार्यक्रममा आएका कलाकारहरुलाई दोहाको कुनै एक होटलमा खानाको निम्तो दिई ठगिइएका पब्लिकहरुलाई कलाकारहरुलाई ल्याएजस्तो, र कलाकारहरुलाई खाना खुवाएजस्तो गरी दुवै तर्फ ठगी गरेको समाचार अनलाइन मिडीया (नेपाल अरब डटकम) मा प्रकाशित भइसकेको छ ।
संस्थापन समुहहरुका अनुसार भाद्र महिना भित्रैमा साधारणसभा गर्नुपर्नेमा त्यो पनि आलटाल गर्दै पछि सार्ने तिग्डम गरिरहेको बुझिएको छ भने साधारणसभा नेपालमा गरेर लाखौं रुपिया लगानी गर्ने कतारमा कार्यरत् लागनीकर्ताहरुलाई लोप्पा खुवाउने कसरत र षडयन्त्र समेत गरीरहेको जानकारी प्राप्त भएको छ ।
कतिपय संस्थापन समुहका सदस्यहरुले आफ्नो लगानी फिर्ता गर्न चाहेको र यस विषयमा
औपचारिक अनौपचारिक रुपमा कुरा गरेपनि संचालक समितिका पदाधिकारीहरु विभिन्न वहाना बनाई रकम फिर्ता गर्न आनाकानी र आलटाल गरिरहेको बुझिएको छ । संस्थापक १३ जना मध्येका सदस्य मार्फत कम्पनीमा आवद्ध केही संस्थापक सदस्यसँग बुझ्दा नाम उल्लेख नगरिदिने शर्तमा, “कति कुराहरु साथी/आफन्त भएको नाताले सोध्न पनि मिलेको छैन र कति कुराहरु सोध्दाखेरि चिन्ता गर्नु नपर्ने धारणा राख्ने गरेको तर कुनै जानकारी नदिएकोे” कुरा व्यक्त गरे । स्मरणरहोस, यँहा कतारमा रहेका पौरखी इन्टरनेशनलका संयोजक प्रकाश श्रेष्ठ, प्रबन्ध निर्देशक योगेन्द्रमान श्रेष्ठ (नेपाल), अर्थ संयोजक कमल रेग्मी (कतार), अध्यक्ष गुण बहादुर परियार (नेपाल) युनिटी लाइफलाई कारवाही हुदाको अघिल्लो दिनसम्म पनि युनिटीमा सक्रिय रही युनिटीबाट कमिसन खाइरहेका व्यक्तिहरु हुन् र पौरखीलाई पनि युनिटीकै जस्तो गरी संचालन गर्न खोजेको वास्तविकता अहिले खुलेको छ । यदी युनिटी कारवाहीमा नपरेका भए पौरखी पनि युनिटीकै कार्बन कपी हुने निश्चय थियो । जानकारहरुका अनुसार करोडौ रकम उठाइसकेको यो पौरखी कम्पनीका संचालकहरु कुनैपनि बेलामा कतारमा रहेका लगानीकर्ताहरुलाई र नेपालमा रहेका लगानीकर्ताहरुलाई समेत ठगेर फरार हुन सक्ने संभावना प्रवल रहेकोले यस कम्पनीको विषयमा नेपाल सरकार र सम्बन्धित निकायले तुरुन्तै निगरानी गरी आवश्यक छानबिन गर्नु जरुरी भएको छ भने कतारस्थित लगानीकर्ताहरु, नेपाली दुतावास, संचारमाध्यम र सम्पूर्ण नागरिकहरु सचेत भई कडा
निगरानी गर्नु जरुरी भएको छ । कम्पनीको वेभसाइट www.paurakhigroup.com रहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply