• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मावलमै बसेर किरियापुत्री

खुदुनाबारी/ सपना भण्डारी (वर्ष १६) यतिबेला आफ्नै आमा भीमकुमारीको किरियापुत्री भएर बसेकी छिन् । वैदेशिक रोजगारबाट फर्केको ११ दिनमा किड्नी तथा एनेमिया रोगले च्यापेपछि उनकी आमाको ३७ वर्षको उमेरमा १० गते आइतबार मृत्यु भएको थियो । 
खुदुनाबारी–७ कुम्बीटार माइत घर भएकी भीमकुमारीले दशैंको टीका थाप्न आएका दिन प्रसव वेदनाले च्यापेपछि सपनालाई १६ वर्ष अगाडि जन्म दिएकी थिइन् । सपनाको जन्म भएपछि न्वारानका लागि अर्जुनधारा–९ स्थित सपनाका बुबा सुवास भण्डारीलाई बोलाउन जाँदा नआएपछि आफन्तले नै सपनाको न्वारान गरिदिएका थिए । खुदुनाबारी जंगलको १ सय मिटर वर बुढाथोकी थर मावल घर भएका सपनाको दुःख
सुख, मावली घरमा नै बित्दै आएको छ । बुबा खोज्दै आफ्ना घर जाँदा बाबुले अर्की महिलालाई लिएर गएको पाए । उनले विद्यालयमा भर्ना हुँदा जन्मदर्ता चाहिन्छ । जन्मदर्ताका लागि बुबा खोज्न जाँदा सपना छोरी नभएको भन्दै उनका ठूलाबुबा आमालाई सुवासले भनेको हुँदा आफन्तकाले प्रमाणित गरिदिएनन् । मावलकै आडभरोसामा खुदुनाबारीस्थित एक विद्यालयमा हाल पढ्दै आएकी छिन् । सपना कक्षा ९ मा पढ्छिन् । पढाइले उत्कृष्ट भए तापनि पारिवारिक समस्या निरीह देखिने सपनालाई कसैको सहयोगमा पढाइदिए हुन्थ्यो । किरियामा बसेकी उनकी हजुरआमा उमादेवी बुढाथोकी भन्छिन् ।
मावली घरको भान्सा कोठाको बारदलीमा सेतो कपडा लगाएर कोरामा बसेकी सपना यस क्षेत्रका भद्रभलाद्मीहरु माना चामल लिएर आउँदा सपनालाई एक साहसी केटी भनेर हौसला दिने गर्दछन् । हिन्दू संस्कार अनुसार छोरी मान्छे काजकिरियामा बस्नु हुँदैन भने तापनि त्यस्तो मान्यतालाई तोड्दै मेरी आमाको काजकिरिया म आफैं बस्छु भनी समाजमा भनेको हुँदा उनी काज किरियामा बसेको स्थानीय बलबहादुर काफ्ले बताउँछन् । सपना यसरी काजकिरियामा बस्दा अनौठो मानिए तापनि आमाबाबुको हक छोरीमा भएको हुँदा काजकिरियामा बस्दा अन्यथा नहुने स्थानीयबासीहरु बताउँछन् । 
हिन्दू संस्कारमा महिलाहरु किरियापुत्रीमा बस्नुहुँदैन भन्ने नलेखिएको हुँदा २१औं शताब्दीमा नारी मुक्तिको आवाज उठिरहँदा सपनाको सोच सकारात्मक भएको समाजसेवी प्रेम गिरी बताउँछन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply