• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

युवा सङघ र तरुण दलका कार्यकर्ताबीच झडप

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असोज ९- ताप्लेजुङको थुकिम्बामा एमालेको भातृ संस्था युवा सङ्घ र कङ्ग्रेसको तरुण दलबीच झडप भएको छ। झडपका क्रममा एक जना तरुण कार्यकर्ता घाइते भएका छन्। स्थिति थप बिग्रन नदिन जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक प्रह्लाद अधिकारीको नेतृत्वमा १५ जनाको टोली त्यसतर्फ पठाएको छ।
प्रहरी नायव उपरीक्षक सुदीप राजभण्डारीले यसअघि नै १५ जनाको टोली परिचालित भए पनि सम्भावित अप्रिय घटना हुन नदिन थप बल पठाएको बताए। एमालेको युवा सङ्घ नेपाल जिल्ला समितिले आफ्नो सङ्गठनको प्रशिक्षण कार्यक्रममा तरुण दलका कार्यकर्ताले बिनासित्ति आक्रमण गर्न खोजेकाले त्यसको प्रतिकार गरिएको बताएको छ। युवा सङ्घका जिल्ला अध्यक्ष राधाप्रसाद पौडेलले आफ्नो सङ्गठनको प्रशिक्षण कार्यक्रममाथि अवरोध गर्ने मनसायले तरुण दलले आक्रमण गर्दा आफूहरुले त्यसको प्रतिरोध गरेको बताए।
यता नेपाली कङ्ग्रेस ताप्लेजुङले भने एमालेका कार्यकर्ताको गोली प्रहारबाट एक जना आफ्ना कार्यकर्ता घाइते भएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताएको छ। उसले आफ्ना कार्यकर्तामाथि युवा सङ्घका कार्यकर्ताले आक्रमण गर्दा जवाफी आक्रमण गर्नुपरेको बतायो। कङ्ग्रेसका कार्यबाहक जिल्ला सभापति गणेशबाबु निरौलाले प्रशिक्षण कार्यक्रम सुन्न पसेका आफ्ना कार्यकर्तामाथि एमाले कार्यकर्ताले कुटपिट गरेपछि तनावको स्थिति बनेको बताए।

 Source :- Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply