सीमावर्ती बजारमा नेपालीहरुको भिड
मेचीनगर अनलाइन
|
Thursday, September 23, 2010
|
0 comments
काकडभिट्टा असोज ८– चाडपर्ब नजिकिदै गर्दा सीमापरीका बजार मज्जाले चम्किने गरेका छन् । भारतीय बजारप्रति नेपाली ग्राहकको आर्कषण बढेपछि चाडपर्बमा नेपालका बिभिन्न ठाउबाट घरायसी समान खरिद गर्न नेपाली ग्राहक भारतीय बजारतर्फ जाने गरेकाछन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा बिभिन्न समानहरु सस्तो र राम्रो पाईने भन्ने सोचाईका साथ भारतीय बजारहरुमा नेपालीको आर्कषण बढेको भारतीय व्यापारी अनुभव छ ।
स्थानीय ग्राहकहरु समान खरिद गर्न भारत लागे पछि नेपालका व्यापारीहरु भने चाडपबर््का बेला पनि फुर्सदिला देखिन्छन् । दशै, तिहार छठ लगायतका चाडपर्बमा भारतीय व्यापारीहरुको एकछिन फुसुर्द हुदैन पश्चिम बंगालको नक्शलबाडीका व्यापारी रन्जन रायले भन्नुभयो –स्थानीय स्तरका ग्राहक भन्दा पनि नेपालबाट आउने ग्राहकले हामीलाइृ भ्याई नभ्याई हुन्छ । चाडपर्बको शुरुवात सगै नेपालका ईटहरी, धरान, दमक देखि
सीमावर्ती क्षेत्रका अधिकाँश नेपाली ग्राहक पानीटंकी, नक्शलबाडी, शिलगढीलगायतका भारतीय बजार आउने गरेको दशैका लागि चाहिने लत्ता कपडा देखि दैनिक उपभोगीय सामाग्री समेत भारतबाटै ल्याउने धुलाबारीकी बिमला प्रसाई बताउनुहुन्छ । उहाँले भन्नुभयो –नेपालमा भारतीय बजारमा सबेकुरा सस्तो पाईने भउकाले धेरै नेपालीहरु भारतीय बजार खोज्दै त्यता जाने गरेका हुन । हामीलाई त कुन चाडपर्ब हो कुन अन्य दिन केहि थाहा छैन काँकरभिट्टाका किराना पसले रामभक्त गौतमले भन्नुभयो काँकरभिट्टाका मान्छे सबै नक्शलबाडी गईहाल्छन अनि हाम्रो पसल सुनसान जस्तै देखिन्छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed