नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न सकेन
मेचीनगर अनलाइन
|
Thursday, September 23, 2010
|
0 comments
काँकडभिट्टा – उचित स्थान अभावका कारण मेचीनगरनगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भएको छ ।
स्थान अभावमा नगरकै केही ग्रामीण सडक र खोलाहरुमा फोहोर फाल्न वाध्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजनिक निजी तथा साझेदारी कार्यक्रम अन्तरगत काँकडभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ । मेचीनगरका खाद्य अधिकृत दीपेन्द्र कार्कीले स्थान अभावले फोहोरको समस्या जटिल बनेको जानकारी दिए
। उनले भने,‘ठाउ“ नहुँदा समस्या भएको छ ।’नगरपालिकाले तत्कालीन शाही शासन कालका नगर प्रमुख कल्याण खड्काको कार्यकालमा मेचीनगर २ स्थित लालपानीमा उचित फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड निर्माण गर्ने निधो गरेको थियो । स अनुरुप नगरपालिकाले ल्याण्डफिल्ड साइडको लागि ६ विघा १८ कठ्ठा ६ धुर जग्गा समेत खरिदेको थियो । तर, स्थानीयवासीको विरोधका कारण हालसम्म सो स्थानमा ल्याण्डफिल्ड साइड निर्माण हुन सकेको छैन । सो ल्याण्फिल्ड अहिले फुटबल खेल्ने खेल मैदानको रपमा परिणत भएको छ । नगरपालिकाले हाल आपतकालीन व्यवस्थाका लागि भन्दै नगरकै ग्रामीण सडक तथा मेची, निन्दालगायतका नदीमा फोहोर फालिरहेको छ । र खाल्डाखुल्डी परेको बाटोमा फोहोर फाल्ने र त्यसमाथि बालुबा राखेर पुर्ने गरेको छ । यसरी बाटोमा र नदी किनारामा फोहोरा फाल्नाले दिनानुदिन वातावरण प्रदुषित हुँदै गैरहेको छ । नगरपालिकाका अनुसार हाल दैनिक साढे ४ टन फोहोर उत्पादन हुनेगरेको छ ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed