• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

संघिय लिम्वूवान राज्य परिषदबाट सामूहिक राजिनामा


धरान- , भाद्र २३ - कोशी अरुणपूर्वका नौ जिल्ला लिम्बुवान स्वायत्ता हुनु पर्ने माग गर्दै आएको सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदका महासचिव, सचिव संगठन विभाग प्रमुख सहित १५ जना केन्द्रीय सदस्यले बुधबार राजिनामा दिएका छन्
अध्यक्ष पालुङ्वाले नेतृत्व गरेको परिषदका कारण लिम्बुवान पक्षधर  शक्ति कमजोर भएको संगठनको हित विपरीत व्यक्तिवादी अराजनैतिक रवैया देखाएको भन्दै उनीहरुले राजिनामा दिएका छन् राजिनामा दिनेहरुमा परिषदका महासचिव पदम अधिकारी, सचिव भीषण थापा, संगठन विभाग प्रमुख राम भक्त कुरुम्वाङ, स्थायी परिषद सदस्यद्धय जनक चेम्जोङ, तेजनारायण चौधरी, सचिवालय सदस्यद्धय जीवन सिंगक, हेमा कन्दङ्वा रहेका छन्
राजिनामा दिने अन्य केन्द्रीय सदस्यहरुमा कमला कुरुम्वाङ्, ओमनारायण राजधामी, मिनराज सापकोटा, सुधन चोङ्वाङ, विष्णु तामाङ, भिम खम्बु, राम मगर भगवान मोक्तान पनि रहेका छन्


परिषदको पदीय दायित्वबाट राजिनामा दिदै साधारण सदस्यको रुपमा मात्र रहने जनाउँदै उनीहरुले अध्यक्ष पालुङ माथि विभिन्न ११ बुँदे प्रश्नको जवाफ समेत माग गरेका छन्
परिषदको दोश्रो महाधिबेशनले ऐतिहासिक संविधानसभाको निर्वाचन बहिस्कार गर्नु गलत ठहर्याएको अवस्थामा अध्यक्ष पालुङ्वाले बहिस्कार नीतिलाई मात्र मान्यता दिएर १९ दिने जनआन्दोलन, लिम्बुवान खम्बुवान आन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलव्धिको उपहास गरेकोले राजिनामा दिएको जनाइएको
राजिनामापछि संयुक्त विज्ञप्ती जारी गर्दै उनींहरुले पालुङ्वाले लिम्बुवान एकता गर्ने एजेन्डा विपरीत भाड्ने काम गरेको, परिषदका गैर लिम्बु कार्यकर्तालाई अपमान गरेको, सप्तकोशी उच्चवाँधको विरोध भइरहेको अवस्थामा जनचाहना अनुरुप बोल्न प्रेस विज्ञप्ती जारी गर्न नमानेको, परिषदका लिम्बुवान भोलन्टियर्ससबाटै आफ्ना नेता कार्यकर्ता कुटाएको, लिम्बुवान आन्दोलनलाई कमाइ खाने भाँडो मात्र बनाएको, परिषदभित्र आर्थिक हिनामिना गरेको लगायत आरोप लगाएका छन्  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply