डोमालाल रंगशालाको जग्गा जोगाउन मुद्दा हाल्ने तयारी अन्तिम
मेचीनगर अनलाइन
|
Wednesday, September 8, 2010
|
0 comments
बिर्तामोड २३ भदौ । देवी गुठी संरक्षण एवम् संघर्ष समितिले जग्गा संरक्षणका लागि मुद्दा हाल्ने तयारी भइरहेको जनाएको छ ।
झापा बिर्ताबजारको देवी गुठीको जग्गा भूमाफियाहरु केशव विमली, सूर्यकुमार विमली र रमेश महर्जनले आफ्नो बनाउने षडयन्त्र गरेपछि समिति बनाएर जग्गा संरक्षणका लागि स्थानीयबासी जुटेका हुन् ।
समितिको आज बसेको बैठकमा जिल्ला अदालतमा हककायम र सर्वोच्च अदालतमा रिट हाल्ने तयारी अन्तिममा पुगेको समितिका संयोजक लोकबन्धु कन्दङवाले जानकारी दिनु भयो । बैठकमा डोमालाल राजवंशीको जग्गा जोत्ने ८२ वर्षीय गमकलाल
माझीलाई बोलाएर जग्गाका विषयमा जानकारी आदन–प्रदान गरिएको थियो । मुद्दा हाल्ने लगायतका आवश्यक कामलाई व्यवस्थित बनाउन समितिले सचिवालय समेत गठन गरेको छ ।आज गठन भएको सचिवालयमा संयोजक कन्दङवा, ठगबहादुर खड्का, भोजराज सिटौला, गणेश पोखरेल, आशिनलाल राजवंशी, जलकुमार गुरुङ, दीपेन्द्र पोखरेल, दीपेश भट्टराई, गोपिचन्दं्र गिरी र राजकुमार राजवंशी रहनु भएको छ । सचिवालयको सचिव पनि गाउ“ विकास समिति अनारमनीका सचिव जीवराज भट्टराई नै रहनु हुने बताइएको छ ।
मुद्दाको आवश्यक प्रक्रिया संचालन गर्नका लागि नेपाल बार एसोशिएसन झापाका अध्यक्ष जनक पाण्डेलाई छनौट गरिएको छ भने असोजको पहिलो साता भित्र प्रधानमन्त्रीलाई झापाली सभासद्हरुले काठमाडौंमै र झापाली जनताको तर्फबाट जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउने तयारी भइरहेको संयोजक कन्दङवाले बताउनु भयो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed