‘दुई लाख नदिए मार्छौ भनेका छन्’
मेचीनगर अनलाइन
|
Thursday, September 16, 2010
|
0 comments
चारआली १ असोज/ विगत चार दिनदेखि दुहागढी ५ का २२ वर्षीय शान्तिराम न्यौपानेको भोक निन्द्रा सवै हराएको छ । दिनभरी बेचैन रहने उनी राति पनि ढुक्कले निदाउन सकेका छैनन् । किनभने, अपहरणकारीले चर्को यातनासहित उनीसंग २ लाख फिरौती मागेको छ ।
विर्तामोडको शनिश्चरेरोडस्थित शिवशक्ति गोवरग्याँस कम्पनीका लेखापाल न्यौपाने गत शुक्रबार (भदौ २८ गते) अफिसको काम सकेर घर फर्किने क्रममा विर्तामोडको सर्वाधिक वयस्त ठाउँ हिकोला अघिल्तिर सडकबाटै अपहरणकारीको कब्जामा परेका थिए । रातो मारुती भनेमा रहेका ४–५ जना अपरिचित व्यक्तिले उनलाई नाम काढेर नजिक बोलाई मुख थुनेर जबरजस्ती गाडीमा बसाएका थिए । विर्तामोडमा साँझ पर्नु अगावै अपहरणमा परेका उनलाई अपहरणकारीले साढे चार घण्टा नियन्त्रणमा राखेर चर्को शारीरिक र मानसिक यातना दिएका थिए । सोही राति साढे ९ बजे दमकको पशुहाटमा ल्याएर अपहरणकारीले उनलाई छाडिदिए ।
‘मलाई जवरजस्ती गाडीमा हुलेपछि ४–५ जनाले डण्डीले कुटेर लडाए’, हाल आप्mनै घरमा रहेको न्यौपानेले भने–‘त्यसपछि हातमा डोरीले बाँधेर मुख र आँखामा पट्टी बाँधिदिए ।’
विर्तामोडबाट अपहरण गरेर पश्चिमतिर लगेर कुनै जंगलमा रातिसम्म राखिएको र फिरौती रकम मागिएको उनी बताउँछन् ।
अपहरणकारीले आप्mनो परिचय र पहिचान नखुलाईकन उनीसंग २ लाख रुपैया फिरौती मागेका थिए । उनले भने– ‘म कहाँ पुर्याइए केही थाहा भएन र उनीहरु को थिए बताएनन् ।’
साढे चार घण्टाभित्र अपहरणकारीले मोवाइल खोसेर घरमा आमा, बुबा र दिदीलाई लगातार फोन सम्पर्क गरी रकम मागेको न्यौपानेले बताए ।
न्यौपानेको घरमा अपहरणकारीले पठाएको म्यासेजमा लेखिएको छ–‘ओए ! तेरो छोरा मेरो कब्जामा छ, शुक्रबारसम्म २ लाख रुपैयाँ लिएर लक्ष्मीमार्गमा आइज । यदि आइनस् भने तेरो छोरा मर्छ । यदि पुलिसलाई खबर गरिस् भने तँलाई र तेरो छोरालाई एउटै चिहान बनाइदिन्छु ।’ अपहरितका बुबा नेत्रप्रसाद न्यौपानेले २ लाख रकम बुझाउने आप्mनो परिवारको औकात नभएको बताउँदै आप्mनो छोरालाई कुनै दोषबेगर अपहरण गरिँदा दुःख लागेको बताए ।
उनलाई राति रातो मारुतीमै चढाएर दमकको पशुहाटमा छाडेर अपहरणकारी भागेका थिए । मुक्त गर्दा हातको डोरी फुकालेर घटनाबारे कसैलाई नभन्न अपहरणकारीले धम्काएको उनले बताए । अपहरणकारीले गइसकेपछि आँखाको पट्टी खोलेर उनी नजिकको पसलमा पुगेका थिए । त्यहाँ बसिरहेको बेला गस्तीमा आएका दमक इप्रकाका प्रहरीले उनलाई फेला पारेका थिए ।
अपहरणकारीको पञ्जाबाट मुत्तः भए पनि ज्यान मार्ने धम्कीका कारण न्यौपाने परिवारको चिन्ता हट्न सकेको छैन । शुक्रबारदेखि उनी अफिस गएका छैनन् । अपहरणकारीको पहिचान नखुलेको र प्रहरीले घटनाको गहिरो अनुसन्धान नगरेको कारण न्यौपाने परिवार त्रसित छ । भेटघाटका लागि आउने व्यक्तिसँग पनि परिवारका सदस्यहरु खुलेर बोल्न डराइरहेका छन् ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed