बन्दिगृहका बालक पनि अब विद्यालयमा
मेचीनगर अनलाइन
|
Wednesday, September 29, 2010
|
0 comments
लक्ष्मी उप्रेती काँकरभिट्टा, १४ असोज झापा जिल्ला कारागारले कारागारमा आश्रय लिएर आमा संगै बन्दी जीबन बिताउन बाध्य एक बालकलाई बिद्यालय जाने बताबरण मिलाएको छ । कारागार भित्रबाट बाट बिद्यालय जाने उनी पहिला बिद्यार्थी हुन । करिब डेढबर्ष अघि ताप्लेजुङ्ग कारागारबाट सरुवा भई आएकि ताप्लेजुङ्ग कुमीसे–८ की सीता बराईलीका ५ बर्षिय छोरा बुद्धिमान बराईली दलित सेवा आयोग र कारागारको सहयोगका कारण बिद्यालय जान थालेका कारागारले जनाएको छ । सीताले आफ्नै एक बच्चालाई जंगलमा लगेर फया्केको कसुरमा स्थानीय प्रशासनले २०६६ साल साउन २२ गते सीतालाई पक्राउ गरेको थियो । उनले फया्क्न लागेको बच्चाको लालन पालन हाल एक स्थानीयले गरिरहेको बताईएको छ । लामो समयको अनुसन्धान पश्चात ताप्लेजुङ्ग जिल्ला अदालतले २०६६ साल चैत्र २३ गते चारबर्ष कैदको फैेसाला सुनाएको थियो
। उनको उमेर बिद्यालय जाने भईसकेकाले बिद्यालय पठाईएको कारागार प्रमुख दीनानाथ लम्सालले बताउनुभयो । हाल उनी प्रज्ञा एकाडेमी चन्द्रगढीमा नर्सरीमा अध्यनरत रहेको पनि लम्सालले जानकारी दिनुभयो । दलित सेवा आयोगले मासिक उनलाई ३ सय रुपैया सहयोग गर्दे आएको छ भने बिद्यालयमा लाग्ने सम्पुर्ण खर्च बिद्यालयले निःशुल्क गरिदिएको छ । यसबाहेक कारागारकै सुब्बा गौरब ढुङ्गेलले अध्ययनका लागि चाहिने पाठ्यपुस्तक खरिदका लागि मासीक १२ सय रुपैया सहयोग गर्दे आउनु भएको प्रमुख लम्सालले जानकारी दिनुभयो । यस बाहेक उस्ले कारगारबाट पाउने सुबिधा प्रतिदिन २०० ग्राम चामल र नगद दश रुपैया पाईरहेको कारागारले जनाएको छ । बिहान कारागारकै कर्मचारीका छोरा छोरी संग बिद्यालय जाने र साँझ उनीहरु संग घर आउने गरेका बुद्धिमानलाई कहिले काही बिद्यालयले नै ल्याईदिने र लैजाने पनि गरेको बताईएको छ । बिद्यालय छुट्टि भएपछि सबै आ–आफ्ना घरमा पुग्छन भने बुद्धिमान चाहि आमा संगै कारागारको बन्दकिोठामै पुग्नु पर्छ । हाल कारागारमा चारसय छ पुरुष २३ जना महिला गरिकुल ४३२ जना बन्दी रहेपनि आफ्ना परिवारसंगै आश्रय लिएर बसेका बालकको संख्या बुद्धिमान सहित तीन रहेको छ । अन्यको उमेर नपुगेकाले बिद्यालय नपठाएका हौ लम्सालले भन्नुभयो–एकजना २२ दिनका भारतीय बालक र अर्का ७ महिनाका नेपाली बालक रहेकाछन् । दुबैका आमा बाबु मानव ओसार पसार तथा बेच बिखन मा संलग्नभएको अभियोगमा बन्दी जीबन बिताईरहेकाछन् । हाल सो कारागारमा नेपाल, भारत र भुटान गरि तीन देशका र्कैदीबन्दी रहेका प्रमुख लम्सालले बताउनुभयो ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed