डोमलाल रंगशालामा फेरी फुटबल
मेचीनगर अनलाइन
|
Wednesday, September 29, 2010
|
0 comments
विर्तामोड, १३ असोज ।अनारमनी गाउ“ विकास समितिको आयोजनामा आगामी १८ गतेदेखि डोमालाल रंगशालामा वडास्तरीय फुटबल हुने भएको छ । त्यसलाई व्यवस्थित बनाउन अदिप राईको संयोजकत्वमा आज समितिसमेत गठन भएको छ ।
समितिमा प्रकाश लिम्वु र समिल राई सहसंयोजक छन् भने टंक पाठक सचिव र विकास गिरी सहसचिव छन् । त्यस्तै, सदस्यहरुमा कैलाश कन्दङवा, फडिन्द्र राजवंशी, विरेन्द्र तामाङ, अनोज खड्का, उमेश चौधरी, राजु बस्नेत, राजन लिम्वु र गोपाल राई रहेको संयोजक राईले जानकारी दिए ।
समितिको सल्लाहकारमा भोजराज सिटौला, मेघेन्द्र लिङ्देन, लोकबन्धु कन्दङ्वा, गोपी गिरी, गंगा फेदापे, दिपेन्द्र पोखरेल, कपिलमुनि शिवाकोटी, रुद्र सिटौला, ठगबहादुर खड्का, जीवराज भट्टराई, हरि ओझा, लक्ष्मण खड्का, दिपेश भट्टराई, गणेश पोखरेल, राजकुमार पोखरेल, डम्वर थापा, राजकुमार कार्की राजु, राजेन्द्र थापा, वेदप्रकाश अग्रवाल, भूपेन्द्र राजवंशी, जलकुमार गुरुङ, हर्कलाल गिरी, भरतलाल गिरी, पर्शु सिटौला, खड्ग गुरुङ र राहुल शर्मा रहेका छन् ।
समितिले तिलक गुरुङ, फिरोज राई, गोपाल बुढाथोकी, विवेक मानन्धर, भक्त कार्की, राजकुमार खड्का र दीपक बस्नेतलाई प्राविधिक समितिको जिम्मेवारी दिएको छ । लगभग दुईलाख रुपैया“को लागतमा हुन लागेको खेलमा प्रथम हुनेलाई नगद पन्द्र हजार, दोस्रोलाई दश हजार र अनुशासित वडा टीमलाई पा“च हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।
Filed Under: खेलकुद

0 comments
Trackback URL | Comments RSS Feed