पानी बढेपछि कोशीमा खतराको बत्ती
मेचीनगर अनलाइन
|
Tuesday, September 7, 2010
|
0 comments
अमर खड्का, इटहरी, भदौ २२- सप्तकोसी नदीमा मंगलबार पानीको बहाव एक्कासी बढेको छ। पानी बहाब वढेपछि कोशी ब्यारेजमा खतराको साइरन रातो बत्ती बालिएको छ।मंगलबार कोसी नदीमा पानीको बहाव २ लाख ७० हजार ४ सय ३० प्रतिसेकेन्ड क्युसेक पुगेको छ।
भदौ-८ गते पाँच बर्ष यताकै सबैभन्दा बढी पानीको बहाव ३ लाख ३९ हजार ४ सय ५ प्रतिसेकेन्ड क्युसेक पुगेको थियो।सुनसरी सहित तराईका जिल्लामा पानी नपरे पनि पहाडी क्षेत्रमा पानी परेकाले कोसीमा पानीको बहाव बढेको हो। पानी निरन्तर बढेमा कोशी ब्यारेजदेखि बराहक्षेत्रसम्मको पूर्वी तटबन्धमा असर गर्ने खतरा छ।
अहिलेसम्म बढेको पानीको बहावले असामान्य स्थिति सिर्जना गरि नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बिराटनगरले जनाएको छ। कोसी ब्यारेजमा अहिले २७ वटा ढोका खुल्ला गरिएको छ। खतराको साइरन रातो वती पनि बालिएको छ। १ लाख ५० हजार भन्दा माथि पानी बढ्न साथ खतराको साइरन रातो बत्ती बालिने गरिन्छ।
२०६५ भदौ-२ गते सप्तकोसी नदीले सुनसरीको पश्चिम कुसाहा-४ मा तटबन्ध भत्काउँदा पानीको बहाव १ लाख ६८ हजार प्रतिसेकेन्ड क्युसेक रहेको थियो। अघिल्लो बर्ष ३ लाख १३ हजार प्रतिसेकेन्ड क्युसेक पानीको बहाव पुगेको थियो।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed