विद्यार्थी बटुल्न प्राचार्य घरघरमा
मेचीनगर अनलाइन
|
Tuesday, September 7, 2010
|
0 comments
विष्णुप्रसाद पोखरेल भदौ २३ विद्यालयका प्राचार्य विद्यार्थीको घर–घरमा जान्छन् । विद्यार्थीले कुनै गल्ती गरेर अभिभावकलाई त्यस बारे जानकारी गराउन होइन । यो विद्यालय छाडेर अर्को विद्यालय नरोज्न अभिभावक र विद्यार्थीलाई अनुरोध गर्न प्राचार्य घर–घरमा पुगेका हुन् ।
झापा लखनपुर–३ का श्री बाणी उच्च मावि गोहबारीका प्राचार्य तीर्थ थापा यसपाली आप्mनो विद्यालयबाट एस एस सी पास गर्ने विद्यार्थीहरुको घर–घरमा जानु भयो र यही विद्यालयमा पढ्न विद्यार्थीलाई आग्रह पनि गर्नु भयो ।
अभिभावकलाई पनि आप्mना छोराछोरीलाई अन्यत्र पठाउन नपठाई उच्च मावि सम्म यही विद्यालयमा उपठाउन उहाँले अनुरोध पनि गर्नु गर्नु भएको छ ।
यस वर्ष देखि दश जोड दुईको कक्षा सञ्चालन गरेको विद्यालयमा बाहिरबाट विद्यार्थी नआउने र यहाँ बाट एस.एल.सी पास गरेको विद्यार्थी अन्यत्र जाँदा विद्यार्थी नै नहुने भएपछि विद्यालयले अभिाखवक भेला गरेर नै अन्य ठाउँ पढ्न जानका लागि आवश्यक कागजपत्र विद्यार्थीलाई दिनसमेत कडाइ गरिएको प्राचार्य थापाले बताउनु भयो ।
यहाँ नभएको विषय तथा संकाय पढ्नेलाई भने आपूmहरुले यहाँ पढ्न दवाव नदिएको विद्यालयले जनाएको छ । केही विद्यार्थीहरुले अर्को विद्यालय पढ्न जान पाउनु पर्ने तर विद्यालयले आवश्यकत कागजपत्र नदिएको आरोप लगाएका छन् । पाँच लाख भन्दा बढी स्थानीय अभिावकबाट चन्दा उठाई उच्च मावि सञ्चालन गरिरहेकाले सकेसम्म यहाँबाट एस एस सी पास गर्ने विद्यार्थीलाई यही पढ्न प्रेरीत गरिएको थापा बताउनुहुन्छ ।
यस विद्याजयबाटै यस वर्ष एस एस सी परीषा ५८ जनाले पास गरेकोमा ४५ जना अहि यही विद्यालयमा उच्च मावि पढ्दैछन् । व्यवस्थापन, मानविकी शिक्षा संकाय पढाई हुने यो विद्यालयमा अन्यत्रबाट आएका दुई जना मात्र विदार्थी रहेका छन् । मानविकी संकायमा चार जना मात्र विद्यार्थी अध्ययनरत छन् ।
यता लखनपुर १ को मंगलबारेमा पनि विद्यालयको प्राचार्यदेखि सबै शिक्षकहरु विद्यार्थीलाई अनुरोध गर्दै र अभिभावकलाई विद्यार्थी विद्यालयबाट झिकेर अन्य विद्यालयमा नपठाउन भन्ने गरेका छन् ।
यसरी गाउँ गाउँमा खुलेका उच्च मावि बाहिर जाने विद्यार्थीलाई चारित्रिक प्रमाण पत्र शुल्कमा महङ्गो शुल्क समेत असुल्ने गरेका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed