• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

रियल जुसमा फेरी भेटियो कीरा

शनिश्चरे २८ भाद्र काठमाडौँ र आसपासका जिल्लामा कीरा र अखाद्य पदार्थ भेटिएको घटना सेलाउन नपाउँदै झापाको शनिश्चरेमा रियल जुसमा कीरा भेटिएको छ । शनिश्चिरे बजारको अधिकारी किराना पसलबाट किनेको रियल जुसमा गड्यौलाजस्तो लामो कीरा र लेदा फेला परेको हो । दमक १८ बाह्रघरे घर भई अर्जुनधारामा पाहुना आएकी पाँच वर्षीया अपेक्षा खतिवडाले खाँदै गरेको जुसमा सो कीरा फेला परेको प्रत्यक्षदर्शी स्थानीय चन्द्र रानाले बताए । उनले भने, ‘बालिकाले जुस तान्न सकिनन्, खोलेर हेर्दा भित्र लेदो र कीरा भेटियो ।’

अखाद्य पदार्थ भेटिएको जुसको बट्टामा डेट अफ एक्स्पाएर लेखिएको छैन भने व्याच नम्बर एनबी ००१३ डी उल्लेख छ । दुईसय एमएल परिमाणको सो बट्टामा ०६÷१० उत्पादन मिति मात्र उल्लेख छ । एक साताअघि विर्तामोडको थापा इन्टरप्राइजेजबाट सो जुस खरिद गरेर ल्याइएको किराना पसलका संञ्चालक सोम अधिकारीले बताए । उनका अनुसार जुसमा कीरा र लेदो भेटिएपछि बाँकी जुस विक्री नगरी राखिएको छ ।
इन्टरप्राइजेजले माइपूर्व झापा र पहाडी जिल्लामा रियल जुसको बिक्री गर्छ। इन्टरप्राइजेजका कर्मचारी खगेन्द्र उप्रेतीका अनुसार रियाल जुसमा कमिलाले प्वाल पारेको खण्डमा त्यस्तो हुनसक्ने बताए । यस क्षेत्रमा इन्टरप्राइजेजले मासिक पौने दुईलाख मुल्यको रियल जुस बिक्री गर्ने भए पनि कर्मचारी उप्रेतीले दुई हजार पिस अर्थात सवालाख रुपैयाँ मुल्य बराबरको कारोबार हुँदै आएको बताए । झापामा मात्र साढे तीनलाख रुपैया बराबरको मासिक कारोवार हुने कम्पनीले जनाएको छ ।
केही महिनाअघि विर्तामोडको पश्चिम बस स्टेण्ड रहेको किराना पसलमा फु्रटीमा कीरा भेटिएको थियो र त्यो समाचार मेचीनगर अनलाईनमा प्रथम पटक प्रकाशित समेत भएको थियो । यसरी खाद्य पदार्थमा छ्याप्छ्याप्ती अखाद्य पदार्थ भेटिनु र सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै उपभोक्ता हितको खिल्ली उडिरहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply