गोरुको पनि काज किरिया
मेचीनगर अनलाइन
|
Sunday, September 12, 2010
|
0 comments
इलाम, २८ भाद्र, मानिस मर्दा काज किरिया गरेको त सबैले देखे, सुनेकै हो तर खेत जोत्ने गोरु मर्दा किरिया गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । पूर्वी इलामको सोयाङ–५ का एक किसानले आप्mनो घरको गोरु मर्दा किरया गरेका छन् । कपाल मुन्डन गरेर तीन दिनसम्म जुठो बारेर ब्राह्मण संस्कृति अनुसार खेम आचार्यले गोरुको काजकिरिया गरेका हुन् । बुधबार राति बाँधेको ठाउँमा गोरु मरेपछि उनले छाक छाडेर किरिया गरे । उनले गोरुको किरिया मानिस मर्दा गरे सरह गरेका छन् । गोरु मरेपछि उनका परिवारले पनि अलिनो मात्र आए, त्यसपछि मात्र जुठो फुकाइयो उनले गहभरि आँशु पार्दै भने, ‘वर्ष दिनभरि जोतेको गोरुको निकै माया लाग्दो रहेछ ।’ दाम्लोमै मरेकाले पाप लाग्छ भनेर धार्मिक परम्पराअनुसार काजकिरिया गरेको उनी बताउँछन् ।
धर्ती जोत्ने गोरुको सम्मान गर्न सबैले सिक्नुपर्ने उनको भनाइ छ । पुरोहित रमेश निरौलाका अनुसार आचार्यले हामे, चन्डीपाठ र सत्यनारायण पूजा लगाएका छन् । धार्मिक परम्पराअनुसार गोरुको दाहासंस्कार गरिएको आचार्यका छोरा डम्बरले बताए । काजकिरिया सकेपछि गोरु बाँधेको दाम्लो पनि माइखोलामा लगेर सेलाइएको थियो । एक वर्षअघि पनि स्थानीय कृष्ण अधिकारीको गोरु मर्दा यसरी नै कोरा बारेर किरिया गरेका थिए ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed