• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पचास रुपैयाँले लियो नाबालकको ज्यान

भद्रपुर, आश्विन १४ - झापामा एक नाबालकले अर्का एक नाबालकको साथमा रहेको पचास रुपैयाँ खोस्ने लालचमा भाटाले प्रहार गरी हत्या गरेको छ । झापाको पथरीस्थित विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय चन्द्रलाल हास्दाले सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत १२ वर्षीय नवीन सुब्बाको टाउकोमा भाटाले प्रहार गरेपछि उनको घटनास्थलमा मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्याको अभियोगमा चन्द्रलाललाई प्रहरीले पक्राउ गरेको छ । गत मङ्गलबार विद्यालयमा मध्याहृनको खाजा खाने बेलामा चन्द्रलालले छात्र सुब्बाको साथमा ५० रुपैयाँ देखेपछि त्यो रुपैयाँ लिनका लागि उनलाई फकाएर विद्यालयबाट ९०० मिटर टाढा लगेर धानको खेतमा भाटाले प्रहार गरेका थिए ।

भाटाको प्रहारबाट सुब्बा लडेपछि उनलाई त्यहीँ छोडेर पूर्ववत् रुपमा उनी आफ्नो कक्षामा आएर बसेका थिए । उक्त घटनाको सम्बन्धमा चन्द्रलालले कसैलाई नबताएको र मृतक सुब्बा घर नफर्केपछि उनको खोजबिन भएको थियो । विद्यालयमा अभिभावकद्वारा बुधबार विद्यालयमा खोजबिन गर्दा अर्का एक छात्रले चन्द्रलालको साथमा रहेको बताएपछि ऊसँग केरकार गर्दा उक्त घटनाको रहस्य खुलेको थियो ।

त्यसपछि धानको खेतबाट बुधबार साँझ शव ल्याई पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा लगिएको छ । रासस




Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply