• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

'स्टक्सनेट' भाइरसले चीनका साठीलाख कम्प्युटर प्रभावित

भाइरस अमेरिकाले बनाएको चिनियाँ विशेषज्ञको दाबी
हङकङ, आश्विन १४ - अहिलेसम्मकै परिष्कृत मानिएको स्टक्सनेट (Stuxnet) नामक कम्प्युटर भाइरसले चीनका करिब साठीलाख कम्प्युटर प्रभावित बनेका छन् । केहीदिनभित्रै उक्त भाइरसले चीनका ठूला करिब एक हजार औद्योगिक उपकरणलाई असर पारेको सिन्हवाले जनाएको छ । विश्वविख्यात जर्मनी कम्पनी सिमेन्सको कम्प्युटर नियन्त्रित मुख्य प्रणालीहरुमा उक्त भाइरस देखिएको हो । सिमेन्सले सुचना प्रविधि, उर्जा, संञ्चार लगायतका विविध क्षेत्रमा विश्वका १ सय ९० मुलुकमा सेवा पुर्‍याइरहेको छ । सिमेन्स चीनमा औद्योगिक कम्प्युटर आपुर्ति गर्ने सबैभन्दा ठूला कम्पनी मध्येको एक हो ।
स्टक्सनेटलाई चिनियाँ सुरक्षा विशेषज्ञहरुले अहिलेसम्मकै 'भयानक साइबर हतियार' बताएका छन् । कम्प्युटर नियन्त्रण प्रणालीलाई नै ध्वस्त पार्ने अत्यन्तै जटिल देखिएको उक्त भाइरस अमेरिकी हृयाकहरुका समूहले बनाएको चिनियाँ कम्प्युटर विशेषज्ञहरुको दाबी छ । विशेषज्ञहरुले भाइरसको मुख्य सर्वर अमेरिकामा रहेको पत्ता लगाएको पनि सिन्हवाले उल्लेख गरेको छ । साधारणतया भाइरसले निजी कम्प्युटरमा क्षति पुर्‍याउने देखिएको भएपनि स्टक्सनेटले सिमेन्सका प्रविधि प्रयोग भएका नियन्त्रण प्रणालीलाई नै लक्षित गरेको छ । सुरुमा युएसवि मेमोरी स्टिक लगायत कुनै पनि फ्लैस मेमोरी प्रयोग गर्दा थाहै नदिइ कम्प्युटरमा प्रवेश गर्ने यसले माइक्रोसफ्ट विन्डोजकै सुरक्षा द्वारलाई उपयोग गरि नेटवर्कको माध्यमबाट मुख्य सर्भरमा क्षति पुर्‍याउने जनाइएको छ । स्टक्सनेटले यसै महिना इरानको परमाणु संयन्त्रमा हमला गरेको थियो । तर उक्त खबर फैलन नपाउदै उक्त भाइरस चीनमा देखिएको हो ।

विशेषज्ञहरुले भाइरसले चीनको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिएको बताएका छन् । भाइरसले महत्वपूर्ण तथ्याङ्क चोरी गरि सर्भर कम्प्युटरमा पठाउने र नियमित सुचना दिने मात्र नभइ भविष्यमा निगरानीका लागि बाटो खुल्ला गर्ने प्रयत्न गरेको समेत उनीहरुको दाबी छ । इस्पात, उर्जा, परिवहन लगायतका अधिकांश औद्योगिक क्षेत्रमा खतराको संकेत देखिएको बारे समेत उनीहरुले सचेत गराएका छन् । चिनियाँ उद्योग तथा सूचना मन्त्रालयले सिमेन्सका प्रविधि र उपकरण माथि सुक्ष्य अनुसन्धान गर्ने बताएको छ ।

जर्मनीको म्यूनिखमा रहेको सिमेन्स मुख्यालयले चिनियाँ ग्राहकहरु माथि परेको भाइरसको प्रभावबारे तुरुन्तै टिप्पणी गर्न अस्विकार गर्दै तदारुकताका साथ समस्या समाधानमा लागेको बताएको छ । भाइरस पहिलोपटक १५ जुलाईमा भेटिएको समेत सिमेन्स जनाएको छ । चीनको विभिन्न विमानस्थल, रेलवे, परमाणु उर्जा, बाँध लगायतका महत्वपूर्ण स्थलहरुमा सिमेन्सको कम्प्युटर प्रविधि जडान छन् । 'ठूला बाँधहरुमा प्रयोग भएका स्वचालित जेनेरेटरहरुमा भाइरसले प्रभावित गरे हामी अपांग जस्तै हुनेछौ,' उर्जा विशेषज्ञ सन जियापिङको भनाइ उदि्रत गर्दै हङकङको स्थानीय दैनिक साउथा चाइना मोर्निङ पोष्टले विहीबारको अंकमा लेखेको छ, 'यो शक्तिशाली बमको आक्रमण भन्दा पनि भयानक हुनेछ ।'

हङकङमा भने भाइरसको प्रभावबारे कुनै जानकारी नआएको सिमेन्सका स्थानीय प्रवक्ताले बताएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, मेट्रो रेल, डिजनीलैण्ड रेलवे, सिएलपी पावर, सेन्ट पाउल हस्पिटल लगायतले सिमेन्सका कप्युटर प्रविधि जडान गरेका छन् ।



Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply