विदेशमा नेपालीलाई कम प्राथमिकता
मेचीनगर अनलाइन
|
Tuesday, September 7, 2010
|
0 comments
आकर्षण श्रम गन्तव्य कतारमा नेपालीलाई कम प्राथमिकता दिन थालिएको छ । निर्माण, सुरक्षा गार्ड र सेवा क्षेत्रमा नेपाली कामदार गइरहेको कतारमा नेपालीलाई कम कोटा दिएको व्यवसायीले बताएका छन् ।
‘कतारले नेपालीलाई कम प्राथमिकता दिएको छ’, वैदेशिक रोजगार व्यवसायी संघका सचिव कमल तामाङले बताएका छन् ‘नेपालको सट्टा बंगलादेश, श्रीलंका र म्यानमारलाई प्राथमिकता दिएको छ ।’ नेपाली कामदारलाई कम प्राथमिकता दिएको बारेमा आधिकारिक जानकारी भने आइनसकेको उनले बताए । संघका महासचिव कुमुद खनाले कतारमा आएको समस्याबारे संघमा जानकारी आएको बताए ।
‘कतारमा नेपालीलाई कम प्राथमिकता दिएको भन्दै व्यवसायीले कुटनीतिक पहलको लागि आग्रह गरेका छन्’ पछिल्लो समय नोपलीले सामान्य विषयमा समेत आन्दोलन गर्ने प्रवृत्ति बढेको कारण कम प्राथमिकता दिएको हुनसक्ने व्यसायीको अनुमान छ । नेपालीले सामान्य विषयमा समेत हिंसात्मक आन्दोलन गर्न थालेका छन्, यस्तो आन्दोलनमा विदेशीले गम्भीर चासो राखेर नेपाली कामदार कम संख्यामा लिन थालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बहृराष्ट्रिय कम्प्युटर हार्डवेयर कम्पनी जेसिवाइएसडिएम बिएचडिमा कार्यरत नेपालीले तीन साताअघि एक नेपालीको मृत्युको विरोधमा तोडफोड गरेका थिए । उच्च ज्वरो आएका नेपाली कर्णबहादुर घर्तीमगरको उपचारमा ढिलाइ भएको भन्दै गरिएको हड्ताल हिंसात्मक बनेको थियो । मलेसियाको आन्दोलनले अन्य रोजगार गन्तव्य मुलुकले समेत नेपालीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको पाइएको छ ।
‘कम्पनीमा कुनै समस्या भए भित्रै समाधन गर्न सकिन्छ । तर, नेपालीले आफ्नै मुलुकमा जस्तो हिंसात्मक आन्दोलन गरिरहेका छन्’, यसले अरु देशलाई समेत सशंकित बनाएको छ । कतारमा गत वर्ष ५७ हजारभन्दा बढी नेपाली रोजगारीका लागि गएका थिए । त्यहाँ हालसम्म ५ लाख ५० हजार नेपाली कामका लागि गएका छन् ।
मलेसियामा कुटनीतिक पहल
मलेसियामा देखिएको श्रम समस्या समाधान गर्न कुटनीतिक पहल गरिने भएको छ । मलेसियास्थित बहुराष्ट्रिय कम्प्युटर हार्डवेयर कम्पनी जेसिवाइएसडिएम बिएचडिमा भएको हिंसात्मक आन्दोलनपछि नेपाली कामदारलाई लिन अस्वीकार गर्न थालेका छन् ।
त्यहाँ देखिएको श्रम समस्या समाधानका लागि श्रममन्त्रीसहितको एक टोली मलेसिया जाने भएको छ । मलेसियामा भएको घटनापछि उत्पन्न परिस्थिति तत्काल समाधानको प्रयास गर्न उच्चस्तरीय टोली जाने तयारी गरिरहेको छ ।
उक्त बहुराष्ट्रिय कम्पनीमा भएको हिंसात्मक घटनापछि मलेसियामा रहेका अरु कम्पनीहरुले पनि नेपाली कामदार लिन अस्विकार गरिसकेका छन् । मलेसियाको कानुनअनुसार कामदार कुनै पनि हड्ताल गर्नु सात दिनअघि प्रहरी र ७२ घण्टाअघि कम्पनीलाई जानकारी गराउनुपर्छ जेसिवाइएसडिएममा कार्यरत नेपाली अचानक हड्तालमा उत्रिएका थिए ।
उनीहरुले कानुनको पालना नगरी तत्काल प्रदर्शन गरेका थिए । ८ हजार कामदार रहेको यो कम्प्नीमा ३ हजार नेपाली छन् । प्रदर्शनकारीले उनीहरु बस्ने आवास गृहमा तोडफोड गर्नुका साथै सुरक्षा गार्डको क्वार्टर भत्काइ दिएका थिए । उनीहरुले सिसाका बोतल, पानीका भाँडा, फलामे क्याबिन, जुत्ता र कुर्सी सडकमा फ्याकेका थिए ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed