• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पूर्वाञ्चलका जिल्ला हुलाक ३ वर्षदेखि निमित्तको भरमा

राजु अधिकारी,काँकडभिट्टा,  अतिरिक्त आम्दानी नहुने भन्दै कर्मचारीहरु जान नमानेपछि पूर्वका अधिकांश जिल्ला हुलाका कार्यालहरु बर्षौदेखि निमित्तको भरमा चलिरहेका छन् । मेची, कोशी र सगरमाथा अञ्चलका १५ जिल्ला हुलामध्धे १३ वटा कार्यालय तीन वर्षभनदा बढी समयदेखि निमित्त प्रमुखका भरमा चलेका छन् । यसले मातहतका कर्मचारीलाई स्वेच्छाचारी बनाएको हुलाक सेवामै संलग्न कर्मचारीहरुले बताउँछन् । 
‘प्रमुख नै कार्यालयमा नभएपछि कर्मचारीले अरुलाई टेर्दैनन्, यसले हुलाकको कार्यशैलीप्रति आम गुनासो बढाएको छ । प्रमुख नहुँदा मातहतका कर्मचारुीहरुको कार्यसम्पादन मूल्याँकन, पुरस्कार तथा दण्ड तोक्ने एवम् कार्यालयले गर्नुपर्ने महत्वपूर्ण निर्णयसमेत प्रभावित भएको छ । 
निजामति सेवा ऐनअनुसार जिल्ला कार्यालयहरुमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन शाखा अधिकृत तहदेखि माथिकाले मात्रै गर्न पाउँछन् । 

पूर्वका १६ जिल्लामध्धे १५ वटामा मात्रै जिल्ला हुलाक कार्यालय छन् । पूर्वाञ्चलको क्षेत्रीय हुलाका निर्देशनालय भएको मोरङमा जिल्ला हुलाक छैन । अन्य जिल्लामध्धे सुनसरी र उदयपुरमा मात्रै शाखा अधिकृत प्रमुखका रुपमा कार्यरत छन् । बाँकी १३ वटामा निमित्तको भरमा कार्यालय चलेका छ । निजामति सेवाको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत जिल्ला हुलाकको प्रमुख हुने व्यवस्था छ । त्यस अनुसार दरबन्दी पनि हरेक कार्यालयमा तोकिएको छ । तर अतिरिक्त आम्दानी नहुने भएकाले जिल्ला हुलाकको प्रमुख भएर आउन अधिकृत कर्मचारी हिच्किचाउने गरेका छन् । 
सञ्चारको आधुनिक प्रविधि विकससित भइसेकेको समयमा पनि परम्परागत ढंगले चलेको भनेर आलोचित हुलाक विभागले फितलो रक मजोर सेवाका रकाण पनि जन विश्वास गुमाउँदै गएको छ । कर्मचारीहरुले कमजोर कार्यशैली त्यसको एउटा मुख्य कारण भएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply