९० नेपाली कतारको जेलमा
मेचीनगर अनलाइन
|
Thursday, September 16, 2010
|
0 comments
पर्वत पोर्तेल, काँकडभिट्टा, भाद्र ३१ - ९० जना नेपाली कामदार तीन दिनदेखि कतारको जेलमा रहेका छन् । मेचीनगर ११ का अविचन्द्र तिवारीले परिवारलाई फोन गरी आफूसहित ९० जना कतारको जेलमा रहेको बताएका हुन् ।
२१ म्हिनादेखि अलवादर कम्पनीमा कार्यरत तिवारीसहित झापा, मोरङ, सुनसरी, सप्तरीलगायतका क्षेत्रका नेपाली कामदार जेल परेका हुन् । कम्पनीसँगको विवादपछि उनीहरुलाई जेल हालिएको तिवारीले फोनमार्फत परिवारलाई जानकारी दिएका हुन् । 'तीन दिन देखि सवै भोकै छौं', छोराले फोनमा भनेको कुरा उद्धृत गर्दै तेजप्रसाद तिवारीले भने ।
कम्पनीले सुरुमा हजार रियाल तलव दिदै आएकोमा अहिले घटाएर ६ सय ५० मात्रै त्यो पनि समयमा नदिने अभिचन्द्रले जनाएका छन् । कम्पनीले तलवकै विषयमा काम गर्ने ठाँउ स्थानान्तरण गर्नुका साथै जेल हालेको उनले बताएका छन् ।
Source : Kantipur Online
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed