• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एक दाना रुद्राक्षको साढे १८ लाख

खिलानाथ ढकाल, विराटनगर, भदौ ३१- भोजपुरको नेपालडाँडास्थित मजुवामा भेटिएको २७ मुखे रुद्राक्षको दाना १८ लाख ५० हजार रुपैयाँमा बिक्री गरिएको छ। नेपालडाँडा-२ का जर्मन राईको बारीमा भेटिएको रुद्राक्ष संखुवासभाको सदरमुकाम खाँदबारीमा बुधबार बिक्री गरिएको हो। रुद्राक्षका मुख्य व्यापारी भोजपुर मुलपानी गाविस-५ का गोविन्द कटुवालले रुद्राक्ष किनेको भोजपुरबाट पत्रकार ध्रुव सुवेदीले जनाएका छन्।
रुद्राक्षको व्यावसायिक खेती गरिने संखुवासभा र भोजपुर जिल्लामा ४ मुखेदेखि २९ मुखेसम्मको रुद्राक्ष फेला परे पनि २७ मुखे रुद्राक्ष भेटिएको यो पहिलो हो 'एउटै दानाको यति मूल्य थापेको पहिलोचोटि हो,' उनले नागरिकसँग भने, 'यो मेरो जीवनकै ठूलो कमाइ हो।'

दुर्लभ मानिने २७ मुखे रुद्राक्षको दाना संग्रह गर्न साढे १८ लाख मोल हालेर किनेको कटुवालले बताए। व्यवसायी कटुवालका अनुसार विदेशी बजारमा २७ मुखे रुद्राक्ष बढी मोलमा बिक्री हुने गरेको छ। 'यहाँको रुद्राक्ष भारतीय बजारमा दोब्बर मूल्यमा बिक्री हुने गरेको छ,' उनले भने। स्थानीय स्तरमा किसानले फलाएर ल्याएको रुद्राक्ष किन्दै यहाँका व्यापारीले नेपालका विभिन्न सहर तथा भारतीय बजारमा निकासी गर्ने गर्छन्।
खाँदबारीका खुल्ला बजारदेखि होटल र व्यक्तिका घरमा समेत रुद्राक्ष किनबेच हुने गरेको छ। संखुवासभामा भदौ सुरुदेखि रुद्राक्षको किनबेच थालिन्छ। संखुवासभा र भोजपुरको उत्तरी क्षेत्रमा उत्पादित रुद्राक्ष किनबेचका लागि खाँदबारीमा प्रमुख बजार हो।
व्यापारीका अनुसार रुद्राक्षको मुख र आकार हेरेर मोलतोल हुन्छ। 'मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्ने भएबाट यसको मूल्य मुख र आकारका आधारमा कम र बढी मूल्छ हुन्छ,' व्यापारी देवराज पाख्रिनले भने। गत वर्ष खाँदबारीमा २० करोड रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच भएको थियो।
सुनजस्तै रुद्राक्षसमेत गहनाका रुपमा प्रयोग गरिन्छ। धार्मिक तथा तीर्थस्थलमा रुद्राक्ष बढी प्रयोग गरिन्छ। सुनका गहनाहरुमा पनि रुद्राक्षमा पनि सजाउने गरिएको छ। शिव भगवानको आँसुबाट उत्पन्न भएको रुखै रुद्राक्ष हो भन्ने धार्मिक विश्वास छ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply