• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

प्रसोधन केन्द्र नहुँदा अदुवा किसान मारमा

झापा ८ असोज  ।  स्वदेशमा सामान्य प्रशोधनकोसमेत प्रवन्ध हुन नसक्दा अदुवा उत्पादक नेपाली किसान भारतीय व्यापारीको मनपरी सहन वाध्य भएका छन् । स्तर निर्धारणका नाममा भारतीय व्यापारीले अदुवा बजारमा मनपरी चलाएपछि त्यसको मार किसानमाथि परेको हो । 
नेपालमा प्रशोधन केन्द्र नभएको तथ्य बारे जानकार भारतिय व्यापारीले त्यही कमजोरीको फाइदा उठाउने गरेका छन् । ‘हाम्रोमा प्राथमिक प्रशोधन स्थलसमेत छैन भन्ने उनीहरुलाई राम्ररी थाहा छ’ इलाम, कोलबुङ्ग–२ का अदुवा किसान शिवकुमार अर्याल भन्छन्– ‘त्यही भएर जथाभावी ग्रेडीङ्ग गर्दै मनपरी मुल्य तोक्छन् ।’ भारतीय व्यापारीको हुलमा नेपाली दलाल समेत थपिएपछि अदुवा किसान आफ्नो उत्पादनको उचित मुल्यबाट समेत बञ्चित हुनु परेको
अर्यालको भनाई छ । अहिले अदुवाको माउ (विउ) निकाल्ने क्रम धमाधम छ । यहिवेला गाउँगाउँ पुगेका घुमन्ते व्यापारीले मनपरी ढंगले मुल्य तोकेर खरिद गर्ने गरेका छन् । किसानका अनुसार झापा र इलामका विभिन्न गाउँमा अहिले प्रतिकेजी ४० रुपैयाँसम्ममा ब्यापारीले अदुवा  खरिद गरिरहेका छन् । तर, सिमावर्ती भारतीय बजारहरुमा त्यही अदुवा प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म  बढीमा बिक्री हुने गरेको छ ।
तर, सिण्डीकेट चलाइरहेका ब्यापारीहरुको सञ्जालका कारण  भारतीय बजारमा समेत किसान ठगिने गरेका छन् । बढी मूल्य पाउने आशमा  आफै भारतीय बजार पुग्ने किसानले नक्सलबाढी,सिलिगुढी लगायतका बजारमा पनि गाउँमै पाइने मूल्यमा चित्त बुझाउनु पर्ने बाध्यता छ । ‘हाम्रंो अदुवालाई कच्चा र माटोसरीको भनेर सबैभन्दा कम गुणस्तरको मान्छन्’,झापा बाहुनडाँगीका किसान गणेश गिरी भन्छन् ‘अनि गाउँमा दिए जति मात्रै दाम दिन्छन्, खर्च गरेर ्त्यहाँ पुर्याउन भन्दा गाउँमै बेच्दा अलि आम्दानी हुन्छ ।’
सरकारी तथ्याँक अनुसार नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । नेपालमा उत्पादन हुने मध्येको ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । तर, किसानले उत्पादन गरेको ताजा अदुवा धुने र सुकाउने प्रविधि स्वदेशमा उपलब्ध हुन नसक्दा मुख्य नगदे बालीले दिने आम्दानीबाट किसान वञ्चित भएका हुन् । 
मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापाका ३ हजार सात सय ७० हेक्टर जमिनमा अदुवा खेती हुने ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख छ । ती चार जिल्लाको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन रहेको छ । तर, प्रशोधन केन्द्र नभएकैले नेपाली अदुवाको बजार विस्तारमा समस्या खडा भएको अदुवा किसान र  ब्यवसायीहरुको भनाई छ । उनीहरुका अनुसार सीमावर्ती भारतीय बजार नक्सलबाढी र सिलीगुढी भन्दा अर्को  बजारमा अदुवाले पहुँच स्थापना गर्न सकेको छैन ।   
नेपाल अदुवा उत्पादक तथा ब्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काका अनुसार नेपालको अदुवा खपत हुने भारतीय बजारका ब्यापारीले तोकेको स्तरमा  आफ्नो उत्पादन  दिनुपर्ने बाध्यता प्रशोधन केन्द्र अभावकै परिणाम हो । ‘हामीसंग सामान्य प्रशोधन केन्द्र मात्रै हुन्थ्यो भने पनि उनीहरुको सिण्डीकेट तोडिन्थ्यो’,खड्का भन्छन् ‘आफैले प्रशोधन गरेपछि बजारमा आफै पुर्याउन सकिन्थ्यो ।’ अहिले बजारका लागि भारतीय भरमा सिमित हुनपर्दा मारमा परिएको उनले बताए । सीमावर्ती भारतीय बजारहरुमा प्रशोधनका नाममा अदुवा धुने र सुकाउने काम मात्रै हुने उनले जानकारी दिए । ‘हाम्रोमा त्यही गर्ने केन्द्र पनि छैन’, उनले भने ‘सरकारले पनि ध्यान दिएको छैन ।’ ब्यवसायीहरुका अनुसार धुने र सुकाउने ठाउँका लागि भण्डारणस्थल सहितको खुला क्षेत्र आवश्यक पर्दछ । सुकाउनका लागि आधुनिक प्रविधियुक्त  
सेड निर्माण गर्नु पर्दछ । त्यसका लागि प्रारम्भमा झण्डै १ करोड रुपैयाँ खर्च लाग्ने उनीहरुको भनाई छ । त्यही ठाउँमा अदुवाको स्तर निर्धारण गर्ने प्राविधिक जनशक्ति पनि आवश्यक पर्ने ब्यवसायी बताउँछन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply