• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कतार विश्व कै धनी मुलुक

दोहा, प्रतिव्यक्ति आय ९० हजार एक सय ४९ डलर पुगेपछि विश्वकै सबैभन्दा धनी राष्ट्रको रुपमा कतारको उदय भएको छ । प्रतिष्ठित अमेरिकी व्यवसायिक प्रकाशन ‘ग्लोबल फाइनान्सको’। वेभसाइटमा सो आँकडा प्रकाशित छ ।
ग्लोबल फाइनान्सले सो आँकडालाई सन् २०१० को अनुमानित आँकडाका रुपमा उल्लेख गरेको छ । गत वर्ष कतारको प्रतिव्यक्ति कुल गाहस्र्थ उत्पादन अथवा आय ८३ हजार ८ सय ४१ अमेरिकी डलर थियो । तरलीकृत प्राकृतिक ग्यास ‘एलएनजी’ को उत्पादन र निर्यात निकै बढ्दो रहेको अवस्थामा कतारले सो समृद्धि हासिल गरेको छ । मिडिया रिपोर्टहरु अनुशार लामो समयदेखि विश्वका सबैभन्दा धनी राष्ट्रका रुपमा रहेको लक्जेम्वर्ग ७९ हजार ४ सय ११ अमेरिकी डलर छ भने तेस्रो स्थानमा नर्वे ( ५२ हजार ९ सय ६४ अमेरिकी डलर), चौथो स्थानमा सिंगापुर (५२ हजार ८ सय ४० अमेरिकी डलर रहेको छ),
पाँचौ स्थानमा ब्रुनाइ(४८ हजार ७ सय १४ अमेरिकी डलर) रहेको छन् ।
    संयुक्त राज्य अमेरिकाले आफ्नो स्थानमा सुधार गर्दै छैंटौ स्थानमा उक्लेको छ । अमेरिकाको प्रतिव्यक्ति आय आय ४७ हजार ७ सय २ अमेरिकी डलर रहेको छ । हङकङ (४४ हजार ८ सय ४० अमेरिकी डलर) सातौं र स्विट्जरल्याण्ड (४३ हजार ९ सय ३ अमेरिकी डलर) आठौं स्थानमा छन् । हल्याण्ड (४० हजार ६ सय १ अमेरिकी डलर) साबिककै नवांै स्थानमा छ भने दशांै स्थानमा आयरल्याण्डलाई उछिन्दै अष्ट्रेलिया (३९ हजार ८ सय ४१ अमेरिकी डलर) स्थापित भएको छ । प्रतिव्यक्ति आयको हिसावमा कंगो सबैभन्दा गरिब रहेको छ ।
प्रति व्यक्ति आयको हिसावमा कतारको नजिक कुनैपनि खाडि एवं अरब राष्ट्रहरु नरहनु सो तथ्यांकको रोचक पक्ष रहेको छ । विश्वका १० धनि राष्ट्रको सूचीमा कतार बाहेक अन्य खाडी एवं अरब राष्ट्रहरु रहेका छैनन् । धनी राष्ट्रको सूचीमा रहेको कतार पछि कुवेत रहेको छ । १४ औं स्थानमा रहेको कुबेतको प्रतिव्यक्ति आय ३८ हजार ९ सय ८४ अमेरिकी डलर रहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply